काठमाडौं । राजधानीको कोटेश्वरमा बिहीबार दिउँसो चक्कु प्रहार भएको छ। कोटेश्वर भन्दा अगाडि जडीबुटीमा डिम्पल घिसिङले चक्कु प्रहार गरेका हुन्।
कोटेश्वर प्रहरीका अनुसार बिहीबार दिउँसो घिसिङले सुरेश बुढाथोकीलाई चक्कु प्रहार गरेका हुन्। चक्कु प्रहारबाट गम्भीर घाइते बुढाथोकीलाई उपचारका लागि वीर अस्पताल लगिएको छ।
घिसिङलाई कोटेश्वर प्रहरीले नियन्त्रणमा लिएको छ। दुवै पाकेटमार रहेको प्रहरीले जनाएको छ ।