निगमले पेट्रो चाइनालाई पठायो निम्तो, इन्धन आयातको मोडालिटीमा छलफल हुने

Advertisement

काठमाडौं । नेपाल आयल निगमले चाइना नेशनल पेट्रोलियम कर्पोरेनश (पेट्रो चाइना)सँग तेलको लागत मूल्य माग गरेको छ । निगमले औपचारिक पत्र पठाएर तेल आपूर्ति गर्दा लाग्ने मूल्य माग गरेको हो । 


साथै, निगमले पेट्रो चाइनाको प्रतिनिधिमण्डललाई थप छलफलका लागि नेपाल आउने निमन्त्रण पनि पठाएको छ । गत साता बेइजिङमा भएको तेल खरिदसम्वन्धी समझदारीपत्रअनुसार इन्धनको मूल्य निर्धारणका लागि निगमले आग्रह गरेको हो । 

Advertisement


प्रधानमन्त्री केपी ओलीसँग मंगलबार छलफल भएपछि निगमले पेट्रो चाइनालाई पत्र पठाएको हो । निगमका कार्यकारी निर्देशक गोपाल खड्काले यही महिनाभित्र पेट्रो चाइनाको टोली नेपाल आइपुग्ने दावी गरे । उनीहरुसँग थप भएका आधारमा कति मूल्य र कति परिणाममा किन्न, कानुनी तथा प्राविधिक कठिनाईहरु हटाउने विषयमा विस्तृत छलफल हुनेछ । 

Advertisement

Advertisement