म्याचफिक्सिङ आरोपीहरुलाई धरोटीमा रिहा गर्न आदेश

Advertisement

काठमाडौं । विशेष अदालतले म्याचफिक्सिङ प्रकरणमा आरोपित खेलाडी र प्रशिक्षकलाई धरौटीमा रिहा गर्न मंगलबार आदेश दिएको थियो । अदालतले थुनछेकको बहसपछि सबै दोषी चार खेलाडी र एक प्रशिक्षकलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

विशेष अदालतका न्यायाधीश मोहनरमण भट्टराई तथा सदस्यहरु भूपेन्द्रप्रसाद राई र महेशप्रसाद पुडासैनीको इजलासले प्रशिक्षक अञ्जन केसी, खेलाडीहरु रितेश थापा,  सागर थापालाई डेढ लाख तथा सन्दीप राई र विकाससिंह क्षत्रीलाई ५०–५० हजार धरौटी लिएर रिहा गर्न आदेश दिएको हो ।

Advertisement

विभिन्न अन्तर्राष्ट्रिय फुटबल खेलहरुमा पैसाका लागि मिलेमतोमा खेलेर मुलुकलाई हराउने काम गरेको आरोप लागेका उनीहरुलाई प्रहरीले राज्यविरुद्धको मुद्दा दर्ता गराएकोका थियो । 

Advertisement

Advertisement