काठमाडौं। बुद्ध एयरले ‘भ्यलेन्टाइन डे’लाई लक्षित गरेर प्रवद्र्धनात्मक योजना सार्वजनिक गरेको छ। बुद्ध एयरले आउँदो फेब्रुअरी १४ तारिखमा पर्वतीय उडान गर्न जाने जोडीका लागि उपहारस्वरुप चकलेट र फूलको गुच्छा दिने योजना ल्याएको हो ।
नेपालको निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनीको रुपमा स्थापित भएको बुद्ध एयरले युवा जोडीहरुको ‘भ्यलेन्टाइन डे’ अझै रमाइलो बनाउन यस्तो अफर ल्याएको जनाएको छ ।
कम्पनीका अनुसार नौ हजार ९९९ सय रुपियाँमा एउटा टिकट खरिद गर्दा अर्को निःशुल्क पाउन सकिनेछ । कम्पनीले हरेक शनिबार पर्वतीय उडान गर्दै आएको छ ।