काठमाडौं । हेलिकप्टर किनेको करिब एक वर्षपछि मुस्ताङ हेलिले उडान सञ्चालनको तयारी गरिरहेको छ । रोनन लामिछानेसहितको समूहले गत वर्ष कात्तिकमै एयर डाइनेष्टिको एक हेलिकप्टर खरिद गरेको भएपनि हालसम्म उडान सञ्चालन गर्न सकेको छैन् । यो हेलिले महामारीका कारण हेलिकप्टर थप गर्न नसकेको र विदेशी हवाई यात्रु पनि नभएकोले आफ्नो उडान योजनालाई पछाडि धकेन्दै गएका थियो । हेलिकप्टर खरिद गरेर तयारी अवस्थामा राखिरहेको र अर्को नयाँ हेलि एयरवस हेलिकप्टरबाट ल्याउने तयारी पनि भइरहेकोले अब सञ्चालन गर्ने निष्कर्षमा यो हेलिकप्टर पुगेको हो ।
यो हेलिले आवश्यक उडान तयारी गरिरहेको छ नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकणबाट उडान सञ्चालन अनुमतिको लागि आवजश्यक प्रक्रिया पनि पूरा गर्ने तयारीमै छ । मुस्ताङ हेलिकप्टरका प्रवन्ध निर्देशक रोनन लामिछानेले सामाजिक सञ्जालमा हेलिकप्टर उडानको तयारी भएको र तयार भएको हेलिको फोटो नै सार्वजनिक गरेका छन् । उनले कर्पोरेट नेपालसँग उडान सञ्चालन तयारी भइरहेको छोटो प्रतिकृया मात्रै दिए ।
यो वायुसेवा कम्पनीले गत वर्ष कात्तिक एयर डाइनेष्टिले उडानम प्रयोग गरिरहेको एउटा हेलिकप्टर ६ करोड रुपियाँमा खरिद गरेर आफ्नो नाममा जहाज सञ्चालन गर्न आवश्यक तयारी पूरा गर्ने विभिन्न चरणहरू पार गर्दे छ । कोरोना भाइरस (कोभिड –१९) कारण नेपालमा ल्याउने तयारी गरेको हेलिकप्टर विदेशमै रोकिएपछि मुस्ताङले एयर डाइनेष्टिको हेलिकप्टर खरिद गरेको थियो । उक्त जहाबाट उडान सञ्चालन तयारी गर्ने र नयाँ हेलि थप गर्ने योजनामा यो वायुसेवा कम्पनी रहेको उल्लेख छ ।
नेपाल नागरिक उड्यन प्राधिकरण (क्यान) ले मुस्ताङलाई दुई वटा एचवान २५ –३५० बी सिरिजका युरोकप्टर र दुई वटा रोविन्सन आर ६६ हेलिकप्टर ल्याउन अनुमति दिएको भएपनि यसले हालसम्म एउटा मात्रै हेल खरिद गरेको छ । बाँकी उडान सञ्चालन गर्दै ल्याउने पनि बताएको छ । यो हेलिकप्टरले गत वर्षको २०२० को अक्टोवर भित्रै जहाज ल्याएर व्यवसायिक उडान गर्ने तयार गरेको भएपनि कोभिड महामारीले यसको योजना अनिश्चित भएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यो वायुसेवाले उडान सञ्चालन अनुमति मागेको र आवश्यक प्रक्रिया भने पूरा गर्ने चरणमा रहेको छ । प्राधिकरणका पाइलट गुञ्जमान लामाका अनुसार मुस्ताङले उडान सञ्चालन अनुमति मागेको भएपनि यसले पूरा गर्नुपर्ने आवश्यक कागजात भने पूरा गरेको छैन् । लामाका अनुसार मुस्ताङले आवश्यक कागजात जति छिटो पूरा गर्न सक्छ उति छिटो उडान सञ्चालन अनुमति पाउने छ ।
मुस्ताङ हेलिले दुई साता भित्रै आवश्यक कागजात पूरा गर्न सकेको अवस्थामा उडान सञ्चालन अनुमति पाइहाल्ने र एउटै हेलिबाट भएपनि उडान गर्न पाउने छ । उनका अनुसार उक्त हेलिले अर्को जहाज ल्याउछु भनेको समय ल्याउने गरी एउटै हेलिबाट पनि उडान सञ्चालन गर्न दिन सकिन्छ ।
उडान तालिका सार्वजनिक गर्ने तयारीमा गुण एयर
आन्तरिकमा नियमित उडान तयारी गरिरहेको गुण एयरलाइन्सले पनि एक साताभित्रमा उडान तालिका सार्वजनिक गर्ने भएको छ । गुण एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृति (सीईओ) वालकृष्ण श्रेष्ठका अनुसार एक सातामा उडान तालिका सार्वजनिक गर्ने र अगामी १ सेप्टेम्बरबाट उडान गर्ने गरी तयारी भइरहेको छ ।
यो महिना (अगस्ट) भित्रै चालक दलका सदस्यको तालिम सकिने र अर्को महिनादेखि उडान गर्ने गरी तयारी भइरहेको गुण एयरलाइन्सले जानकारी दिएको छ । यो वायुसेवाले सात वटा जहाज सञ्चालन गर्ने गरी तयारी गरिरहेको छ ।