ल्याण्डिङ गेयरमा समस्या आएको बुद्ध एयरको जहाज सुरक्षित अवतरण

Advertisement

काठमाडौं । ल्याण्डिङ गेयरमा समस्या आएको बुद्ध एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण छ ।काठमाडौंबाट विराटनगर गएको जहाज ल्याण्डिङ गेयरमा समस्या आएका कारण अवतरण गर्न नसकेपछि काठमाडौं नै फर्किएको थियो । उक्त जहाज काठमाडौं माथिको आकासमा आधा घण्टा फन्को मारेपछि करिब १० बजेर २१ मिटेटमा सुरक्षित अवतरण गरेको छ ।

उक्त जहाजमा ७३ यात्रु ( ७६ युवा, दुई बालक र तीन काखे बच्चा) तथा चालदका चारसहति ७७ जना सवार थिए । बुुद्ध एयरको ती यात्रु बोकेर आएको एटीआरलाई चालक दलले जहाज सुरक्षित अवतरण गरेको विमानस्थल कार्यालयका महाप्रवन्धक प्रतापबाबु तिवारीले बताए । उनका अनुसार आधा घण्टा आकासमा घुमेपनि जहाज सुरक्षित अवतरण गर्न सफल भएको हो । हाल जहाजका यात्रु आफ्नो घर गइसकेका छन् ।

Advertisement

यो जहाजको इन्डिकेटरमा समस्या आएका कारण अवतरण गर्न नसकी काठमाडौंका आकास लामो समय घुमेर इन्धन रित्याएपछि अवतरण गर्ने तयारी गरेको उक्त जहाजको पाङ्ग्रा पछि खुलेसँगै सुरक्षित अवतरण गर्न सफल भएको बुद्ध एयरका सञ्चार संयोजक दीपेन्द्रक कर्णले जानकारी दिए 

ल्याण्डिङ गियर नखुल्दा इन्धन रित्याएर आपतकालिन अवतरणको तयारीसहित विमानस्थलको धावनमार्ग खाली गराउने काम भएको थियो । यो जहाजको इन्धन उडाएर सकाउनुपर्ने र विमानस्थसँग समन्वय पनि गर्दै आकासमै फन्को मारिरहेको थियो । कर्णले जहाजको इन्डिकेटरको समस्या पहिल्याएपछि जहाज सुरक्षित अवतरण गर्न सकिएको बताए । यो जहाज अवतरण गर्दा भने आपतकालिन रूपमा गरिएको र आवश्यक आस्मिक उद्धार, दमकल, एम्बुलेन्स, सुरक्षा कर्मी तयारी अवस्थामा राखेर अवतरण गरेको पनि विमानस्थल कार्यालयले जानकारी दिएको छ।

बुद्धको जहाजमा आजै दुई वटा समस्या 
विराटनगरबाट फर्किको र पोखरा उडानका क्रममा दुईवटै एटीआरमा एकैदिन समस्या आएको छ । यस अघि आजै विहान यू ६०१ बाट पोखरा उडान उडेको ९एन एजेओ जहाज पनि काठमाडौं कपपिटमा धुवा आएर आपतकालिन अवतरण गरिएको थियो । 

उक्त जहाज काठमाडौंमा नै अवतरण गर्ने क्रममा उडान सुरक्षाका संयन्त्र प्रयोग भएको थियो भने आकस्मिक अवतरणको लागि आवश्यक दमकल, एम्बुलेन्स, उद्धारकर्मीसहितको व्यवस्था गरेर अवतरण भएको थियो । उक्त जहाज पनि सकुलन नै अवतरण भएको विमानस्थल कार्यालयले जानकारी दिएको छ।  

Advertisement

Advertisement