अनामनगरमा नयाँ रेष्टुरेन्ट ‘जम्काभेट’ सञ्चालनमा, क्रिसमसमा विशेष अफर

Advertisement

काठमाडौं । अनामनगरमा नयाँ रेष्टुरेन्ट ‘जम्काभेट’ सञ्चालनमा आउने भएको छ । क्रिसमस डे को अवसर पारेर बिहीबारबाट औपचारिकरुपमा सञ्चालन हुन लागेको यो रेष्टुरेन्ट बुधबार पनि विशेष कार्यक्रमको आयोजना गर्यो । 

आजको कार्यक्रममा चर्चित गायिका एलिना चौहानले गायन प्रस्तुत गर्नुका साथै नेपाली जादुगरको रुपमा परिचित कलाकार महादेव त्रिपाठीको जादु, कमेडी, प्यारोडी प्रस्तुत गरिएको थियो । 

Advertisement

कार्यक्रममा कर्णराज गिरी, भोजराज काफ्ले, रुविना श्रेष्ठ, किरण भुजेल, ध्रुव बिस्को, अलिशा श्रेष्ठ, भरत समिर, राजेश बर्देवा, भगवती खड्का, बलराम परियार, सुनिल थापा मगर, मनिषा थापा, विजय पुन, बेगम नेपाल, कृष्ण रेउले लगायतका गायक गायिकासहित ‘मेरी बाँस्सै’का कलाकार र ‘दि रोयल्स नेपाल’ ब्राण्डले समेत प्रस्तुती दिएको रेष्टुरेन्ट सञ्चालक सन्तोष तिमल्सिनाले बताए । 

उनले भने, ‘गीत संगीतको मज्जासँगै कार्यक्रममा दर्शकले कलाकारसँग पनि साक्षात्कार गर्न पाउने पाएका छन् । दर्शक र कलाकार नजिक गराउने कार्यक्रमको अर्काे उद्देश्य हो ।’ 

मनोरम वातावरण र विशिष्ट नेपाली खानासहित सञ्चालनमा आउन लागेको यस रेष्टुरेन्टले ओपनिङ तथा क्रिसमस डेको अवसरमा विशेष छुट र निःशुल्क स्न्याक्सको व्यवस्था समेत गरेको आयोजकले जनाएको छ ।

Advertisement

Advertisement