आइएमई लाइफले कर्मचारीहरुलाई दियो सम्पत्ति शुद्धीकरण सम्बन्धी तालिम

Advertisement

काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्सले लुम्बिनी , कर्णाली र सुदुर पश्चिम प्रदेश कार्यालय अन्तर्गत कार्यरत कर्मचारीको लागि सम्पति शुद्धीकरण निवारण तथा आंतककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी तालिम सम्पन्न गरेको छ 

पुस् ७ देखि ९ गतेसम्म सुर्खेतमा उक्त तालिम सञ्चालन गरिएको हो । 

Advertisement

तालिममा सम्पत्ति शुद्धीकरणको परिभाषा, कानूनी संरचना, सम्पति शुद्धीकरण निवारण किन गर्ने ,सम्पति शुद्धीकरणको लक्ष्यहरु, आतंककारी कार्यबाट संकलित कालोधनलाई बीमाक्षेत्रको माध्यमले सेतो धन कसरी बनाईन्छ, खास कारोबारमा विशेष ध्यान दिनुपर्र्ने, बित्तिय जोखिमाङ्ककको चरण, कम्पनीको भूमिका, कारवाही तथा सजाँय आदि विषयमा अन्डरराईटिङ्ग प्रमुख  सुदिप राणाबाट विस्तृत जानकारी दिइयो । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुँयाल , हेड एजेन्सी बिजनेस कर्मराज पौडेल, लुम्बिनी र कर्णालीइ  प्रदेशका प्रमुख प्रेम तिमल्सिना, प्रमुख वित्त अधिकृत  जगत बोहरा, प्रशासन र मानव संशाघन बिभाग प्रमुख मनोज चौधरीको समेत उक्त तालिममा सहभागिता थियो ।
 

Advertisement

Advertisement