सोलुखोला जलविद्युत आयोजनाको घटना छानविन गर्न समिति गठन, चटौत संयोजक

Advertisement

काठमाडौँ । सोलुखोला जलविद्युत् आयोजना (८६ मेगावाट)मा परीक्षणका क्रममा सोमबार पेनस्टक पाइप विस्फोट भई दुई जना इन्जिनियरको ज्यान गएको विषयमा अध्ययन गर्न सरकारले छानविन समिति बनाएको छ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा गठित तीन सदस्यीय समितिले घटनाको कारण र सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाउने छ । त्यस क्रममा आयोजनाका एक व्यवस्थापक पनि गम्भीर घाइते भएका थिए । 

Advertisement

ज्यान गुमाउने इन्जिनियरमा अछाममा २६ वर्षीय सुवास रेग्मी र काभ्रेका २९ वर्षीय अर्जुन थापा छन् । घाइते हुने मोहमद राइन हुन् । साहस ऊर्जाले निर्माण गरेको यो आयोजना निर्माण सम्पन्न भई पानी परीक्षणका क्रममा पेनस्टक पाइप फुटेर दुर्घटना भएको हो । 

Advertisement

Advertisement