एनसीसी बैंक र होटल सिराइचुलीबीच विभिन्न अफर सहितको सम्झौता

Advertisement

काठमाडौँ । एनसीसी बैंक र चितवनको भरतपुरमा रहेको ४ तारे होटल सिराइचुलीबीच विभिन्न आकर्षक छुट प्याकेजहरुमा सम्झौता भएको छ ।

बैंक र होटलबीच भिषा कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ चलाउने ग्राहक र बैंकका कर्मचारीहरुलाई होटलमा उपलब्ध विभिन्न सेवाहरुमा विशेष छुट उपलब्ध गराउने बारे सम्झौता भएको हो । होटलले फुड एण्ड बेभरेजमा १० प्रतिशत, र एकोमोडेसनमा २५ प्रतिशत छुट उपलब्ध गराउनेछ । 

Advertisement

हाल सम्म एनसीसी बैंकको कार्ड नभएका गा्रहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन बैंकले इन्स्टयान्ट कार्डको व्यवस्था पनि गरेको छ ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी  १३७ शाखा ११ वटा एक्स्टेन्सन काउन्टर र ११४ वटा एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । 

Advertisement

Advertisement