रियलमी ‘सी’ सिरीज अन्तरगत सी२५ वाई स्मार्टफोन अब नेपालमा

Advertisement

काठमाडौँ । स्मार्टफोन ब्रान्ड रियलमीले ५० एमपी ए-आई त्रिपल  क्यामेरा सिस्टम सहितको रियलमी सी२५ वाई नेपालमा उपलब्ध गराएको छ । 

इन्ट्री-लेभल स्मार्टफोनमा पहिलो रोजाइ यस रियलमी सी२५ वाई मा १८ वाट क्वीक चार्ज सपोर्ट गर्ने ५००० एमएएच् मेगा ब्याट्री, इन्स्टान्ट फीङ्गरप्रिन्ट सेन्सर भएको शक्तिशाली यूनीसोस टी६१० प्रोसेसर र सुन्दर डिजाइनको ६.५ इन्चको ठूलो डिस्प्ले रहेको छ । 

Advertisement

रियलमी सी२५ वाई मा ५० एमपी त्रिपल क्यामेरा सिस्टमका साथै माक्रो लेन्स र बी एण्ड डब्लु लेन्स रहेको छ । रियलमी सी सिरीज मा ५० एमपी मोड रहेको पहिलो स्मार्टफोन ले सुन्दर फोटो खिच्छ र प्रयोगकर्ताहरुलाई ८१६०x६१४४ सम्मको पिक्सेल फोटो निकाल्ने सुविधा प्रदान गर्दछ । 

यसका साथै, क्यामेरा विभागले विभिन्न फिल्टरहरु उपलब्ध गराउँदै ए–आई ब्यूटी मोड फङ्सन, एच्.डी. आर मोड, प्यानारोमिक भ्यु मोड, प्रोट्रेट मोड, टाइमल्याप्स पङ्सन, एक्सपर्ट मोड पनि सपोर्ट गर्दछ । 

यसैगरी, रियलमी सी२५ वाईमा आकर्षक र चित्तबुझ्दो सेल्फी खिच्न ए–ब्युटी फङ्सन भएको ८ एमपी सेल्फी क्यामेरा पनि रहेको छ । 

रियलमी को आफ्नो ब्याट्री लाइफमा रहेको विशेषतालाई अझ सुदृढ भएको छ जसमा रियलमी सी२५ वाईमा भएको ५००० एमएएच् ब्याट्री स्ट्यान्डबाइ मोडमा राख्दा फोनको ब्याट्री ४८ दिनसम्म टिक्न सक्छ । सुपर पावर सेभिङ मोड चलाइरहँदा पनि प्रयोगकर्ताहरुले फोनको आधारभूत उपयोगिताहरुको प्रयोग गरी सधैं पावर्ड र कनेक्टेड रहन सक्ने छन्् ।  

यसबाहेक, रियलमी सी२५ वाईले केही डिस्प्ले इफेक्टहरु घटाएर स्मार्टफोनको सहनशीलता बढाउन स्क्रीन ब्याट्री अप्टिमाइजेसन र प्रयोगकर्ता सुतिरहेको बेला फोनलाई लोअर मोडमा चलाउन निर्देशन दिएर पावरको बचत गर्न स्लिप स्ट्यान्डबाइ अप्टिमाइजेसनको सुविधा पनि उपलब्ध गराउँछ । 

Advertisement

Advertisement