विश्व चर्चित फुटबल खेलाडी मेसी कोरोनाबाट सङ्क्रमित

Advertisement

पेरिस । विश्व चर्चित फुटवल खेलाडी लियोनल मेसीलाई कोरोनाभाइरसको सङ्क्रमण भएको छ । उनी अन्य तीन खेलाडीसँगै सेल्फ आइसोलेसनमा बसेको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । 

अर्जेन्टीनाका खेलाडी मेसी अहिले फ्रान्सको फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा आबद्ध छन् । उनलाई सङ्क्रमण भएको कुरा उनी अहिले आबद्ध फुटबल क्लब पीएसजीले नै पुष्टि गरेको समाचारमा जनाइएको छ । 

Advertisement

सङ्क्रमण पुष्टि भएसँगै उनले अहिले तत्कालका लागि तय भएका खेलहरु गुमाउने भएका छन् । उनीसँगै सङ्क्रमित भएका उनका अन्य तीन सहकर्मीहरुले पनि स्वास्थ्य मापदण्डअनुसार आइसोलेसनमा बसेको अधिकारीहरुले जनाएका छन् । 

अति तीव्र गतिमा फैलिने भनिएको कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट युरोपेली मुलुकहरु अहिले नराम्रोसँग प्रभावित भएका छन् । रासस÷एएफपी ।  

Advertisement

Advertisement