माओवादी केन्द्रमा फेरि प्रचण्ड अध्यक्ष, ‘हाम्रो पार्टीको महाधिवेशनलाई अपमान गरियो’

Advertisement

काठमाडौं । नेकपा माओवादी केन्द्रको अध्यक्षमा फेरि पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् । आठौं महाधिवेशनबाट चुनिएको २३६ सदस्यीय कमिटिले उनलाई सोमबार निर्विरोध अध्यक्ष चयन गरेको हो । 

केन्द्रीय कमिटीको पहिलो बैठक सोमबार बसेको थियो । बैठकमा केन्द्रीय सदस्य नारायणकाजी श्रेष्ठले प्रचण्डलाई अध्यक्षमा प्रस्ताव गरको थिए अर्का नेता कृष्णबहादुर महराले समर्थन गरेका थिए । 

Advertisement

अध्यक्षमा अरुको उम्मेदवारी नपरेको भन्दै ज्येष्ठ सदस्यको हैसियतमा बैठकको अध्यक्षता गरेका दिनानाथ शर्माले प्रचण्ड निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए । 

नवनिर्वाचित अध्यक्ष प्रचण्डले नेतृत्व चयनलाई लिएर आफ्नो पार्टीको महाधिवेशनलाई अपमान गर्न खोजेको भन्दै गुनासो पोखेका थिए । 

आफ्नो पार्टीको महाधिवेशनमा लोकतान्त्रिक र जनवादी विधि अपनाएको जिकिर गर्दै उनले बुर्जुवा अराजक बाटोमा जाने खतरालाई रोकेको र एक व्यक्तिको चल्ने पनि नभएको भन्दै उनले भने, ‘प्रत्येक प्रदेशमा नेतृत्वमा रहेका नेतृत्वको राय र सुझावलाई लिएर आफूहरुले नेतृत्व चयन गरेको दावी गरे । 

मेरो आदेश होइन, स्थायी समितिको साझा प्रस्तावको रुपमा नेतृत्व चयन गरेको हो भन्दै प्रचण्डले थपे, ‘प्रचण्डको आदेशलाई ताली बजाऊ भनेर हाम्रो महाधिवेशनलाई अपमान गर्न खोजियो । मलाई दुःख लागेको छ ।’

Advertisement

Advertisement