संघीयता खारेजीको माग चर्किन थालेपछि संघीयता जोगाउन संसदमा संकल्प प्रस्ताव दर्ता

Advertisement

काठमाडौँ । संघीयता मुलुकको हितमा नरहेको भन्दै खारेजीको माग बढिरहेको बेला संघीयता जोगाउन राष्ट्रियसभामा संकल्प प्रस्ताव दर्ता गरिएको छ । 

राष्ट्रिय सभाका सदस्य खिमलाल देवकोटाले संघीयतासम्बन्धी संकल्प प्रस्ताव दर्ता गराएका हुन् । उनको प्रस्तावलाई नेकपा एमालेबाहेकका अन्य दलका सदस्यले समर्थन पनि जनाएका छन् । समर्थन जनाउनेमा माओवादी केन्द्रका रामनारायण बिडारी, कांग्रेस जितेन्द्र देव, नेकपा (एकीकृत समाजवादी)का शेरबहादुर कुँवर र जनता समाजवादी पार्टीका प्रमिला कुमारी छन् । 

Advertisement

स्वतन्त्र सांसद देवकोटाले राष्ट्रिय सभाबाट १५ निर्देशन होस् भनेर संकल्प प्रस्ताव दर्ता गराएका हुन् । आइतबार संसद् सचिवालयमा पेस भएको संकल्प प्रस्ताव बुधबार दर्ता भएको हो । प्रस्तावमा उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था संविधानको मेरुदण्ड भएकाले यसलाई जोगाउनुपर्ने तर्क गरेका छन् । 

देवकोटाले यसबमोजिमको अभ्यासका क्रममा केही उपलब्धिहरू भएका छन भन्दै सिंहदरबारको अधिकार नागरिकको घरदैलोसम्म पुगेको, सानातिना कामका लागि केन्द्रसम्म धाइरहनुपर्ने परिस्थिति नरहेको, राज्यका हरेक अंगमा समानुपातिक, समावेशी र सहभागितामूलक प्रतिनिधित्वको सुनिश्चित भएको जस्ता तर्क प्रस्तुत गरेका छन् । 


तर सार्वजनिक कार्यक्रमदेखि सामाजिक सञ्जालमा भने संघीय व्यवस्था नेपालको अर्थतन्त्रले धान्न नसक्ने र यसले मुलुकको शान्ति र स्थिरता कायम हुन नदिने भन्दै खारेज हुनुपर्ने आवाज बढ्दै गएको देखिन्छ । दलका नेता र उनीहरुका कार्यकर्ताले भने संघीयताको समर्थन जनाउने गरेको देखिएको छ । 

Advertisement

Advertisement