ओलीलाई फकाउन देउवा आफै बालकोट पुगे, ओलीको अडान कायमै

Advertisement

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार एमाले अध्यक्ष केपी ओलीलाई बालकोट पुगेर भेटेवार्ता गरेका छन् ।

माधव नेपालसहितका आफ्नो साँसदलाई कारवाही गर्न गरिएको सिफारिस सभामुखले कार्यान्वयन नगरेको विरोधमा लामो समयदेखि संसद अवरोध गर्दै आएको एमालेलाई अवरोध हटाउन आग्रह गर्न देउवा बालकोट पुगेका हुन् । 

Advertisement

अवरोध हटाउन पटक पटक  सर्वदलीय बैठक बोलाउँदासमेत एमाले अनुपस्थित भएपछि सत्ता गठवन्धनले बनाएको उच्चस्तरीय संयन्त्रको सल्लाहमा देउवा ओलीलाई फकाउन बालकोट गरेका हुन् । 

यसअघि संयन्त्रका संयोजकसमेत रहेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पनि ओलीलाई भेटन् बालकोट पुगेका थिए । तर ओली आफ्नो अडानबाट पछि नहटेपछि प्रधानमन्त्री देउवालाई नै छलफलका लागि बोलाइएको हो । 

एमालेले माधव नेपाल नेतृत्वको (एकीकृत समाजवादी) पार्टीका सांसद उपस्थित संसद बैठकमा आफूहरु उपस्थित नहुने बताउँदै आएको छ । देउवा र ओलीबीच अघोषितरुपमा भित्री एकता रहेको धेरैको अडकल छ ।

एक घण्टा लामो भेटघाटमा ठोस कुरा बाहिर नआए पनि ओलीको सचिवालयले भने ओलीले आफ्नो अडान प्रस्तुत गरेको बताएको छ । यद्यपि उनले वार्ता कस्तो भयो ? भन्ने प्रश्नमा ‘राम्रो भयो’ भन्ने जवाफ मात्रै दिएका थिए । 
 

Advertisement

Advertisement