नेपाली भूमि लिपुलेकमा सडक बनाइसकेको मोदीको अभिव्यक्तिबारे न सरकार बोल्छ न प्रमुख प्रतिपक्षी

Advertisement

काठमाडौं । नेपाली भूमि लिपुलेकमा सडक बन्दै गरेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक कार्यक्रममा बोलेपछि त्यसले नेपालमा फेरि तरंग ल्याएको छ । 

उक्त अभिव्यक्तिलाई लिएर नेपालमा सामाजिक सञ्जालदेखि सार्वजनिक कार्यक्रममा विरोध बढ्दै गए पनि सरकार, सत्ता गठवन्धनका दल र संसदमा प्रमुख प्रतिपक्षी दल र तिनका नेता चुपचाप देखिन्छन् । 

Advertisement

मानसरोबर जान सडकको अभावले बन्चित हुनुपरेको भन्दै भारतीय प्रधानमन्त्री मोदीले लिपुलेकसम्म सडक विस्तार भइसकेको र अझै अघिसम्म विस्तार गरिने बताएका थिए । 

भारतले नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरासहितको नक्सा जारी गरेपछि नेपालले पनि आफ्नो नक्सामा ती भूभाग समेटेको थियो । अतिक्रमित उक्त नेपाली भूमिको विवादको कुटनीतिक समाधानका लागि नेपालले पटक पटक भारतीय पक्षलाई आग्रह गर्दै आए पनि उसले उपेक्षा गर्दै आएको छ । 

मोदीको अभिव्यक्तिलाई लिएर यहाँका दल र नेताहरु नबोलेकोले स्वतन्त्र बुद्धिजीवीहरुले आलोचना गरिरहेका छन् । विकासविद् डा. सूर्यराज आचार्यले लिपुलेकमा सडक निर्माण जारी राखेको खबर बारे नेपाल सरकारले के कस्तो कुटनीतिक कदम चाल्दैछ ? भनी प्रश्न गरेका छन् । 

उनले मोदीको अभिव्यक्ति आम नेपालीको चासो हो भन्दै सरकारले केही न केही बोल्नुपर्ने बताएका छन् । उनको अभिव्यक्तिमा टिप्पणी गर्दै विभिन्न व्यक्तिले सरकार र प्रमुख प्रतिपक्षी दुवै मौन बस्नु अर्थपूर्ण रहेको औंल्याएका छन् । 

Advertisement

Advertisement