हिउँ खेल्न गएका २२ जनाको मृत्यु

Advertisement

एजेन्सी । उत्तरी पाकिस्तानको पञ्जाब प्रान्तमा हिउँमा रमाउन गएकामध्ये २२ जनाको मृत्यु भएको छ । पञ्जाबको मरी भन्ने ठाउँमा हिउँसँग रमाउन जान लागेका उनीहरु ठूलो हिमपात हुँदा सवारी साधनभित्र फसेर ज्यान गुमाएका हुन् । 

सो ठाउँमा करिव एक हजार सवारीसाधन पहाडी भेगमा अलपत्र परेको बीबीसीले जनाएको छ । आकस्मिक उद्धारकर्ताहरुले मृत्यु हुनेमा १० पुरुष, दुई महिला र १० बालबालिका छन् । 

Advertisement

मृतकहरुको शव इस्लामाबाद र रावलपिन्डी लगेर मृतकका आफन्तलाई हस्तान्तरण गरिएको जनाइएको छ । अधिकांश मृतकहरू हिउँमा फसेका चारवटा गाडीमा थिए जसमा इस्लामाबादमा कार्यरत एक प्रहरी अधिकृत र उनको परिवारका आठ पनि छन् ।

सेनाले सडक खुलाउने र फसेका सयौं मानिसको उद्धार गरिरहेको छ । यात्रा गर्नेहरूको सङ्ख्या धेरै भएकाले पनि ठूलो मानवीय क्षति भएको हो । 

हिउँमा रमाउनका लागि मरी नगरमा केही दिनयता एक लाख वटाभन्दा बढी गाडी पुगेको बीबीसीको भनाई छ । अहिले पाकिस्तान सरकारले उक्त नगरलाई प्रकोपग्रस्त क्षेत्र घोषणा गरेको छ । 

Advertisement

Advertisement