लिङदेनले आफ्ना नेता कार्यकर्तालाई भने– चाँडै सकारात्मक सन्देश प्रवाह गछौं

Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्र कोही पनि असन्तुष्ट नरहेको बताएका छन् । आइतबार पार्टीको केन्द्रीय कार्यालयमा आफूले मनोनयन गरेका पदाधिकारीहरुलाई स्वागत गरेपछि प्रतिक्रिया दिँदै उनले पार्टीभित्र कुनै सदस्य पनि असन्तुष्ट नरहेको दावी गरेका हुन् । 

निवर्तमान अध्यक्ष कमल थापाले उठाएको विषयमा छलफल भइरहेको बताउँदै लिङदेनले सो विषयलाई निकट भविष्यमै टुंगोमा पु¥याउने बताए । पार्टीको कार्यकर्ता र शुभेच्छुकहरुलाई चाँडै सकारात्मक सन्देश प्रवाह गरिने उनको भनाई छ । 

Advertisement

लिङदेनले भने, ‘अहिले कोही पनि सदस्य साथीहरु राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र असन्तुष्ट हुने अथवा असन्तुष्ट रहनुभएको अवस्था छैन् । निवर्तमान अध्यक्षजीसँग केही विषयहरु छन् । त्यस विषयमा हामी छलफलमा छौँ । र त्यो विषयमा पनि हामी निकट भविष्यमै टुंगोमा पु¥याउँछौ र राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ता र शुभेच्छुकहरुलाई हामी निराश बनाउँदैनौ । चाँडै हामी सकारात्मक सन्देश प्रवाह गर्छौ ।’

मनोनित २४ जना पदाधिकारीहरुमध्ये केही पदाधिकारी भने उपत्यका बाहिर भएकाले पछि पत्र बुझ्ने पनि उनले जानकारी दिए । 

Advertisement

Advertisement