बाबुरामको चेतावनी– एमसीसी जुन ढंगले गिजोलिँदैछ, त्यसको परिणाम गम्भीर हुन्छ है

Advertisement

काठमाडौं । जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले अमेरिकी संस्था एमसीसीसँग भएको सम्झौता गिजोल्ने काम भएको भन्दै यसको परिणाम गम्भीर हुने चेतावनी दिएका छन् । 

प्रधानमन्त्री देशबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुटनीतिक मर्यादाविपरित एमसीसीको अमेरिका कार्यालयलाई लेखेको विवादास्पद पत्र बाहिरिएर त्यसको चर्को आलोचना भएको समयमा बाबुराम भट्टराईले सामाजिक सञ्जालमार्फत गम्भीरताको संकेत गरेका हुन् । 

Advertisement

बाबुरामले लेखेका छन्, ‘भित्रभित्र  राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद१ माछा देखे भित्र हात,सर्प देखे बाहिर हात ! भित्र खाओवाद बाहिर माओवाद ! नेपाली राजनीति जबसम्म यो पाखण्डी दुइजिभ्रे प्रवृत्तिबाट मुक्त हुॅदैन तबसम्म देश बन्दैबन्दैन। एमसीसी जुन ढंगले गिजोलिदैछ त्यसको परिणाम गम्भीर हुनसक्छ ! अति भए खति हुन्छ है !

भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद! माछा देखे भित्र हात,सर्प देखे बाहिर हात ! भित्र खाओवाद बाहिर माओवाद! नेपाली राजनीति जबसम्म यो पाखण्डी दुइजिभ्रे प्रवृत्तिबाट मुक्त हुॅदैन तबसम्म देश बन्दैबन्दैन।MCCजुन ढंगले गिजोलिदैछ त्यसको परिणाम गम्भीर हुनसक्छ! अति भए खति हुन्छ है!

— Baburam Bhattarai (@brb1954) February 6, 2022

Advertisement

Advertisement