बालाजुको लोलाङ हाइटमा डिशहोम फाइवरनेटको सह–वितरण शोेरुम

Advertisement

काठमाडौं । नेपालभर इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाईवरनेटले बालाजुको लोलाङ हाइटमा पनि सह–वितरण शोेरुमको शुभारम्भ गरेको छ ।

माघ २३ देखि डिशहोम फाइवरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको यस शोरुमको सञ्चालन बालाजु इलेक्ट्रिक ट्रडर्सले गर्नेछ ।

Advertisement

शोेरुम उद्घाटन डिशहोमका नेशनल सेल्स म्यानेजर मनोज शर्मा, एरियासेल्स म्यानेजर उज्वल न्यौपाने र सेल्स अफिसर रामसुन्दर सिलाकर र रविन थापाको उपस्थितिमा भएको कम्पनीले जनाएको हो । 

विगत लामो समयदेखि डिशमिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएको बालाजु इलेक्ट्रिक ट्रडर्सले अब डिशहोम फाइवरनेट बिक्री र बिक्री पछिको सेवा नयाँ शोरुममार्फत दिनेछ । 

एक हजारभन्दा धेरै ग्राहकलाई डिशहोम फाइवरनेटको सेवा उपलब्ध गरासकेको बालाजु इलेक्ट्रिक ट्रेडर्सले अब अझ बढी ग्राहकमाझ पुग्न नयाँ शोरुमले मद्दत गर्ने शोरुमका सञ्चालक मानव श्रेष्ठले जानकारी दिए । 

Advertisement

Advertisement