हामी सखाप भयौं भने जनतालाई ठूलो घाटा हुन्छः प्रचण्ड

Advertisement

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूहरुलाई सखाप पार्न आटिएको बताएका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जिल्लास्तरीय नेता चन्द्रवीर तिरुवालाई पार्टी प्रवेश गराउने क्रममा उनले त्यस्तो बताएका हुन् । 

माओवादीलाई सखाप पार्न देशभित्र र बाहिरका प्रतिक्रियावादीहरूले घेरा हालेर प्रचण्डको तर्क छ । उनले माओवादीलाई देशभित्र र बाहिरका प्रतिक्रियावादीहरू कसरी घेरा हालेर सखाप पार्न सकिन्छ भनेर लागिरहेको भन्दै सचेत हुन आफ्ना कार्यकर्तालाई आग्रह पनि गरे । 

Advertisement

प्रचण्डले ठूलो परिवर्तनका वाहकहरू विघटन वा विभाजनतिर जाँदा प्रतिक्रियावादीलाई धेरै ठूलो फाइदा हुने र जनतालाई धेरै ठूलो घाटा हुने दावी गर्दै ढिलोछिटो माओवादी क्रान्तिका सहयात्रीहरू एक ठाउँमा आउनुपर्ने बताए । उनले एकताका लागि आव्हान पनि गरे । 

प्रचण्डले जनतासँग जोडिएर र माओवादी आन्दोलनलाई केन्द्रित गरेर आफूहरु विजयी हुने भन्दै माओवादीलाई कसैले परास्त गर्न नसक्ने दावी गरे । 

एमसीसी सम्झौता अनुमोदन गर्ने कुरा निकै विवादित भइरहेको बेला उक्त सम्झौता अनुमोदन गर्ने प्रतिवद्धतासहितको पत्र प्रधानमन्त्री शेरबहादुर देउवासँग मिलेर एमसीसी कार्यालयलाई पठाएको तथ्य बाहिरिएपछि अहिले प्रचण्डको चर्को आलोचना भइरहेको छ । सोही सन्दर्भमा उनले आफूहरुलाई सखाप पार्न लागिएको तर्क गरेका हुन् । 

Advertisement

Advertisement