पेरुमा बस दुर्घटना २० जनाको मृत्यु, ३३ घाइते

Advertisement

लिमा, पेरु । उत्तरी पेरुको ला लिबर्टाड विभागको पाटज प्रान्तमा बुधबार एक यात्रुवाहक बस करिब १०० मिटर गहिरो खाडलमा खस्दा कम्तीमा २० जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् । 

क्षेत्रीय स्वास्थ्य विभागले स्थानीय समय अनुसार बुधबार करिब १४स्४० मा टायबाम्बा र ह्वान्कास्पाटाको एन्डियन शहरहरू बीचको ग्रामीण क्षेत्रमा दुर्घटना भएको जनाएको छ । 

Advertisement

रिपोर्टका अनुसार पिकाफ्लोर कम्पनीको अन्तरप्रदेशीय बस तायबाम्बाबाट ला लिबर्टाडको राजधानी ट्रुजिलो जाँदै गर्दा सडकबाट चिप्लिएको थियो ।

नजिकैका शहरहरूमा बस्ने मानिसहरू घाइते यात्रुहरूलाई मद्दत गर्न घटनास्थलमा पुगेका थिए, जसलाई तायबाम्बा, ह्वान्कासपाटा र ट्रुजिलोका स्वास्थ्य केन्द्रहरूमा लगिएको थियो ।

राष्ट्रिय प्रहरी र सरकारी वकिलको कार्यालयका कर्मचारीले शव हटाउने र अनुसन्धान शुरु गर्ने जिम्मा लिएका थिए । रासस/एएनआई/सिन्ह्वा 

Advertisement

Advertisement