एमसीसी विवाद चर्किएको बेला सत्तागठवन्धनद्धारा एकाएक प्रधानन्याधीशविरुद्ध महाभियोग दर्ता

Advertisement

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाअभियोग दर्ता भएको छ । अमेरिकी संस्था एमसीसी सम्झौता अनुमोदनको विषय बेचिलो बनिरहेको बेला सत्ता गठवन्धनले एकाएक महाभियोग प्रस्ताव दर्ता गरेको हो । 

गठबन्धनका सांसदहरुले आइतबार विहान ११ बजेर १० मिनेटमा संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् । नेपाली कांग्रेस सचेतक पुष्प भुसाल र नेकपा एकीकृत समाजवादीका सचेतक जीवनराम श्रेष्ठ प्रस्तावक रहेको महाअभियोग प्रस्तावमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूसहितथ ९८ जना सांसदले हस्ताक्षर गरेका छन् ।

Advertisement

महाअभियोग लगाउनुका आधार र कारण भनेर २१ वटा बुँदा समावेश गरिएको प्रस्ताव दर्ता भएसँगै जबरा अब निलम्बनमा परेका छन् । उनलाई निलम्बनमा राखेर सर्वोच्च अदालतबाट कुनै विशेष निर्णय गराउने योजनामा शक्ति केन्द्र लागेको देखिन्छ । 

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले जबरालाई महाभियोग लगाउने कुराको विपक्षमा रहेको थियो । उनको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनले लामो समयदेखि आन्दोलन गर्दै आएको थियो । जबरालाई राजीनामा गराउन, नभए महाभियोग लगाउन केही पूर्वन्यायाधीश र वरिष्ठ वकिल सक्रिय थिए । 

Advertisement

Advertisement