एमसीसी पास गर्ने शर्तमा गठवन्धन बनेको होइन्, प्रचण्ड, ‘माओवादी आन्दोलन बदनाम गर्न खोजियो’

Advertisement

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादी शक्तिहरुले गठबन्धन सरकार गिराउने प्रयास गरिरहेको बताएका छन् । आईतबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित जनयुद्ध दिवसको कार्यक्रममा उनले प्रतिक्रियावादी शक्तिहरुले गठबन्धन सरकार गिराउने प्रयास गरिरहेको बताएका हुन् । 

प्रचण्डले गठबन्धनलाई टुटाउन र निर्वाचन प्रक्रियालाई बिथोल्नको निम्ति अनेक खालका प्रपञ्चहरु भइरहेको दावी गरे । उनले गठबन्धन बनाउँदा केही सैद्धान्तिक र केही राजनीतिक मान्यताहरुलाई अघि सारेको बताउँदै सोही मान्यताका आधारमा गठबन्धन अघि बढ्नुपर्ने बताए । 

Advertisement

प्रचण्डले भने, ‘अहिले जुन गठबन्धनको स्थिति, सरकारको स्थिति छ, हामी त्योमार्फत फेरि एउटा निर्वाचनको प्रक्रियामा प्रवेश गर्ने र संविधान र जनताका अधिकारलाई अझ विकसित र परिमार्जन गर्ने प्रक्रियामा छौँ । हामी त्यहाँसम्म आइपुगेका छौँ । तर क्रान्ति र प्रतिक्रान्तिको लडाईंमा अन्तिममा कसले जित्छ भन्ने प्रक्रियाभित्र अन्तिम टुंगो अझै लागेको छैन् । पराजित प्रतिगमनकारी प्रवृत्ति चुप लागेर बसेको छैन् । उसले अझै पनि प्रतिगमन गराउने नै कसरत चलाइरहेको छ र त्यसलाई मलजल गर्ने देशभित्र र बाहिर विभिन्न खालका प्रतिक्रियावादी शक्तिहरु सक्रिय छन् ।’

उनले संविधानको रक्षा, लोकतान्त्रिक गणतन्त्रको रक्षा र राष्ट्रियताको रक्षामा एकमत भएर गठबन्धन बनेको तर्क गर्दै कुनै एउटा खास परियोजना गर्ने वा नगर्ने भन्ने आधारमा गठबन्धन नबनेको दावी गरे । प्रचण्डको संकेत अमेरिकी संस्था एमसीसीसँग भएको सम्झौताको परियोजनातर्फ लक्षित थियो । 

उनले कुनै देश विशेषसँग गरेका सहमति, सम्झौंता वा परियोजना, आर्थिक सहयोगको लेनदेन र त्यसको आधारमा गठबन्धन नबनेको भन्दै नेपालको संविधान, नोपलको लोकतान्त्रिक गणतन्त्र र राष्ट्रियताको रक्षाका लागि लड्नुपर्ने बताए । प्रचण्डले कसैले एउटा परियोजनासँग सम्बन्धित गराएर गठबन्धनको भाग्य र भविष्यबारे सोच्छ भने त्यो ऐतिहासिक धरातल भत्काए सरह हुने तर्क गरे । 

Advertisement

Advertisement