ज्ञानेन्द्र शाहीको अभियान लिङदेनको पार्टीमा समाहित हुने

Advertisement

काठमाडौं । ज्ञानेन्द्र शाहीले नेतृत्व गरेको हाम्रो नेपाल हामी नेपाली अभियान राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित हुने भएको छ ।

दुई पक्षबीच मंगलबार समझदारीपत्रमा हस्ताक्षर भएको छ । यसको औपचारिक घोषणा भने फागुन ६ मा मात्रै गरिने छ । पछिल्लो समयमा निकै लोकप्रिय नेताको रुपमा चिनिएका लिङदेन राप्रपाको अध्यक्ष भएपछि सो पार्टीमा प्रवेश गर्नेहरुको संख्या निकै बढेको छ । 

Advertisement

सो पार्टीले समान विचार भएका दल, समूह र धार्मिक व्यक्रि तथा संस्थालाई एकताका लागि प्रयास गरिरहेको छ । त्यसका लागि सो पार्टीले वार्ता समिति पनि बनाएको छ । 

धवलशम्शेर राणा नेतृत्वको वार्ता समितिले ज्ञानेन्द्र शाही नेतृत्वको अभियानलाई राप्रपामा समाहित गर्न गरेको प्रस्तावलाई आज सो पार्टीको पदाधिकारी बैठकले अनुमोदन पनि गरेको छ । राप्रपामा शाहीलाई कुनै पद दिने अनुमान गरिएको छ ।

Advertisement

Advertisement