एमसीसीको विरोधमा उत्रिएकाहरुलाई अश्रु ग्यास र पानीको फोहोरा, नयाँ बानेश्वर तनावग्रस्त

Advertisement

काठमाडौँ । अमेरिकी संस्था एमसीसीसँग भएको सम्झौता अनुमोदनको विरोधमा उत्रिएकाहरुलाई प्रहरीले पानीको फोहोरो प्रयोग गरेर रोक्ने प्रयास गरेको छ । 

काठमाडौंस्थित नयाँ बानेश्वरमा विरोधमा उत्रिएकाहरुमाथि प्रहरीले बद प्रयोग गरेको हो । त्यस क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको थियो । 

Advertisement

प्रदर्शनकारीले प्रहरीको सुरक्षा घेरा तोडेर बबरमहल सडकतर्फ विरोध प्रदर्शन अघि बढाएपछि प्रहरीले रोक्न बल प्रयोग गरेको थियो । त्यस क्रममा केही प्रदर्शनकारी घाइते भएका छन् । 

प्रदर्शनकारीले एमसीसी सम्झौता नेपालको हितमा नरहेको भन्दै नाराबाजी गरेका थिए । आज संसद बैठकमा सरकारले एमसीसी सम्झौता अनुमोदनका लागि पेश गर्ने कार्यक्रम थियो । 

Advertisement

Advertisement