मन्त्री आलेलाई सर्वोच्चको प्रश्न– अदालतको अवहेलनामा तिमीलाई किन कारबाही नगर्ने ?

Advertisement

काठमाडौं । अदालतको अवहेलना मुद्दामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेविरुद्ध कारण देखाऊ आदेश जारी भएको छ । 

सर्वोच्च अदालतमा २५ माघमा आलेविरुद्ध पर्यटन बोर्डका सीईओ डा. धनन्जय रेग्मीले दायर गरेको अदालतको अवहेलना मुद्दामा आलेसहित ९ जना सदस्यलाई सात दिनभित्र कारबाही गर्नु नपर्ने लिखित कारण पेश गर्न आदेश दिइएको हो ।

Advertisement

मंगलवारको अदालतको आदेशले मन्त्रीसहितका बोर्ड सञ्चालक समितिलाई अवहेलनाको मुद्दामा कारबाही गर्न दायर गरिएको रिटमा आफैं उपस्थित भएर वा आफ्ना प्रतिनिधिमार्फत् लिखित जवाफ पेश गर्न सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलाशले आदेश दिएको छ । 

पुस २ मा सीईओ रेग्मीमाथि छानबिन गर्न बोर्ड सञ्चालक समितिले उनलाई निलम्बन गरेको थियो । उक्त निलम्बनविरुद्ध अदालत गएका रेग्मीलाई निलम्बन नगर्न र कामकाज गर्नमा कुनै रोक लगाउन १४ पुसमा सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

तर उक्त आदेशविपरीत बोर्डले २० माघमा उनलाई हटाउने उद्देश्यले पुनः स्पष्टीकरण सोधेपछि अदालतमा विचाराधीन मुद्दालाई बेवास्ता गरेको भन्दै बोर्ड सञ्चालक समितिसहित मन्त्रीविरुद्ध रेग्मीले अवहेलना मुद्दा हालेका थिए । 

Advertisement

Advertisement