अब एमसीसी पास हुनेमा देउवा ढुक्क

Advertisement

काठमाडौँ । विवादित अमेरिकी सम्झौता एमसीसी कम्प्याक्ट अब भने संसदबाट पास हुने कुरामा प्रधानमन्त्री शेरबहादुर देउवा ढुक्क भएका छन् । 

छिमेकी चीनले समेत गम्भीर चासो देखाएको अमेरिकी संस्था एमसीसीसँगको सम्झौता लामो कसरतपछि आइतबार संसदमा पेश भएपछि देउवाले संसद भवनबाट बाहिरिने क्रममा अब भने सम्झौता पास हुने बताएका हुन् । 

Advertisement

अब एमसीसी के हुन्छ ? भन्ने जिज्ञासामा देउवाले भने, ‘अब पास हुन्छ ।’ अमेरिकी दबाब बढ्दै जाँदा सत्तारुढ दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेता पनि एमसीसी पास गर्न लचक देखिएका छन् । सत्ता गठबन्धनका शीर्ष नेताहरूको आइतबार बिहान बसेको बैठकमा एमसीसी टेबल गर्ने सहमति भएको थियो । 

तर सत्तारुढ दलहरूभित्र यस विषयमा चर्को विमति देखिन्छ । विपक्षी दलको निरन्तरको अवरोध र सत्तारुढ गठबन्धनकै सांसदहरूको विरोधका बीच प्रतिनिधिसभाको आइतबारको बैठकमा सरकारले एमसीसी सम्झौता टेबल गरेको छ । साथै, एमसीसीको विरोधमा संसद भवन बाहिर पनि केही दिनदेखि निरन्तर विरोध प्रदर्शन जारी छ । 

Advertisement

Advertisement