देउवालाई हटाएर ओलीलाई पुनः प्रधानमन्त्री बनाउने भित्री तयारी

Advertisement

काठमाडौं । अमेरिकी संस्था एमसीसीसँग भएको सम्झौता अनुमोदनको विषयले नेपालको राजनीति पेचिलो बनिरहेको बेला शेरबहादुर देउवालाई हटाएर केपी ओलीलाई प्रधानमन्त्री बनाउने भित्री खेल सुरु भएको छ । 

ओलीसँग निकट एक मेयरले चाँडै नै ओली प्रधानमन्त्री हुने दावी गरे । उनले एमसीसीका कारण वाम दलहरुबीच ओलीलाई प्रधानमन्त्री बनाएर अघि बढ्ने विषयमा अनौपचारिकरुपमा तयारी भइरहेको बताए । तर संवैधानिक अडचन र देउवाले अनपेक्षित कदम चाल्नसक्ने जोखिमले मात्रै त्यो कुरा कार्यान्वयनमा ढिलाई भएको स्रोतको भनाई छ ।

Advertisement

एमसीसी संसदबाट पास गर्न अमेरिकी दबाब बढ्दै जाँदा छिमेकी चीनले पनि यस विषयमा चासो दिएको छ । पास गर्नुपर्ने र गर्न नहुने पक्षमा जनमत ध्रुविकृत हुँदा विशेषगरी वामपन्थी दल र तिनका नेताहरु दोहोरो भूमिकामा देखिन्छन् । एमसीसीको विषयमा अर्को छिमेकी भारत मौन देखिन्छ । भारत मौन हुँदा अधिकांश मधेसी नेता पनि एमसीसीबारे अन्योलमा देखिन्छन् ।

सभामुखविरुद्ध लामो समयदेखि संसदमा अवरोध गर्दै आएको प्रमुख प्रतिपक्ष दल नेकपा एमाले आफ्ना विरोधीहरुलाई पनि तह लगाउने र पुनः सत्तामा फर्किने उपयुक्त दाउको पखाईमा छ ।  

अर्कोतर्फ देउवाले केही दिनअघि राति ओलीसँग बालकोटमा गरेको गोप्य कुराकानीले पनि एमसीसी पास नहुने अवस्थामा देउवाले सत्ता छोडेर ओलीलाई सहयोग गर्नसक्ने संभावना कतिपय विश्लेषकको देखिन्छ । 

Advertisement

Advertisement