अष्ट्रेलियाले लगाएको यात्रा प्रतिवन्ध आजबाट खुल्यो, खोप लगाएका सबैले प्रवेश पाउने

Advertisement

काठमाडौं । कोभिड महामारीका कारण अष्ट्रेलियाले विदेशबाट आउने यात्रुका लागि लगाएको प्रतिवन्ध सोमबारबाट फुकुवा गरेको छ । करिव दुई बर्षपछि यसले यसरी सबै विदेशी यात्रुलाई प्रवेश खुल्ला गरेको हो । 

अष्ट्रेलियाले कोरोनाविरुद्धको खोप लगाएका अन्तर्राष्ट्रिय यात्रुहरूलाई प्रवेश खुल्ला गरेसँगै आज ५० भन्दा बढी विदेशी विमानहरु अष्ट्रेलियामा अवतरण गरेको जनाइएको छ । शिक्षाको हबको रुपमा रहेका अष्ट्रेलियाले यसअघि अध्ययन गर्नेसहित केही विशेष प्रयोजनका यात्रुलाई आंशिकरुपमा प्रवेश खुल्ला गरे पनि पूर्णरुपमा खुल्ला गरेको थिएन् । 

Advertisement

पूर्णरूपमा खोप नलगाएका यात्रुले भने प्रवेशाज्ञा प्राप्त गरे पनि अष्ट्रेलिया प्रवेशमा भने केही कडाई कायम राखिएको छ । यस्ता यात्रुले भने १४ दिन क्वारन्टिनमा बस्नपर्ने हुन्छ । खोप लगाएका यात्रुले अब भने अष्ट्रेलिया प्रवेश गर्दा क्वारन्टिनमा बस्नुपर्ने छैन् । खोप लगाएका यात्रु अब अष्ट्रेलियाका जुनसुकै राज्यमा जान पाउने छन् । 

अस्ट्रेलियाका पर्यटनमन्त्रीले यो व्यवस्था पर्यटन व्यवसायका लागि सुखद समाचार रहेको बताउँदै यसबाट लामो समयदेखि अष्ट्रेलिया आउन नपाएकाहरुका लागि बाधा नहुने बताएका छन् । अष्ट्रेलिया विदेशी पर्यटकको हबको रुपमा रहेको छ जहाँ सन् २०१९ मा ९५ लाख पर्यटक पुगेका थिए । एजेन्सीहरु

Advertisement

Advertisement