सत्तागठवन्धन टुटाउने षडयन्त्र भयोः प्रचण्ड

Advertisement

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताए । न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुराकानी गर्दै उनले गठबन्धन र सरकार टुटाउने षड्यन्त्र भइरहेको बताएका हुन् । 

प्रचण्डले राजनीतिक परिवर्तनलाई कमजोर पार्ने खतरा बढिरहेको बताए । उनले परिवर्तनलाई कमजोर पार्ने खतरा भए पनि प्रतिक्रान्ति नै हुने भइसक्यो भन्नेचाहीँ सत्य नभएको बताए । प्रचण्डले भने ‘खतरा त बढेकै छ नि । यो परिवर्तन कुनै न कुनै रुपले कमजोर पार्ने, यो गठबन्धन टुटाउने, यो सरकार टुटाउने षड्यन्त्र त भइराखेकै छ नि । तर अहिले भर्खरै प्रतिक्रान्ति नै हुने भइसक्यो भन्ने कुरा चाहीँ होइन ।’

Advertisement

अध्यक्ष दाहालले बुधबार बिहान गृहमन्त्री बालकृष्ण खाँणसँग खुमलटारमा भेटवार्ता भएपनि प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट नभएको बताए । 

Advertisement

Advertisement