कोइरालाको प्रश्न– मंगोलिया जस्तो देशमा पनि एमसीसी बरकरार छ, हामीले किन लिन नहुने ?

Advertisement

काठमाडौं । सत्तासिन प्रमुख दल नेपाली काँग्रेसका सांसद शशांक कोइरालाले एमसीसी संसदबाट पास भएपछि अहिलेको सरकार नरहनसक्ने बताएका छन् । 

शुक्रबार संसलबाहिर बोल्दै उनले एमसीसी संसदबाट नै पास हुने दाबी गर्दै त्यसपछि नेकपा एमालेसँग गठबन्धन सरकार बन्नसक्ने बताए । कोइरालाले एमसीसी नेपालको हीतमा भएकोले नेपालले पास गर्नुपर्ने बताए । 

Advertisement

प्रधानमन्त्री शेबहादुर देउवा गठबन्धन जोगाउन र एमसीसी पास गर्न अन्तिमसम्म लागिपरिरहेको बताए । कोइरालाले भने, ‘सत्ता ध्रुवीकरणको अवस्था किन सिर्जना भयो भने शेरबहादुरजीको हिसावले सोच्ने हो भने उहाँको दुई वटा बाटो छ, एउटा एमसीसी पास गराउने, अथवा गठबन्धनलाई बरकरार राख्ने । उहाँको अन्तिम प्रयास एमसीसी पनि पास गराऔँ, गठबन्धन पनि नटुटाऔँ भन्ने हुन्छ ।’

एमसीसी सानो इस्यू होइन, गम्भीर इस्यू हो भन्दै नेता कोइरालाले गम्भीर विषयमा गतिरोध स्वभाविक भएको बताए । उनले भने, ‘एमसीसी नेपालको लागि राम्रो हो । किनभने नौ देशहरुमा एमसीसी लागू भइसकेको छ । त्यहाँ अमेरिकाको न सेना आएको छ, न त्यहाँ कुनै हस्तक्षेप भएको छ । मंगोलिया जस्तो देशमा पनि एमसीसी बरकरार छ, त्यसकारण एमसीसी हाम्रो लागि राम्रो हो । एमसीसी पास हुन्छ ।’ 

Advertisement

Advertisement