गठवन्धन टुटे बिचराहरु धुलोपिठो हुन्छन्, त्यही भएर टुट्न दिन्नन्ः ओली

Advertisement

पोखरा । नेकपा एमाले अध्यक्ष केपी ओलीले गठबन्धन टुटे आफूहरु सबै धुलोपिठो हुने भएकाले पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले गठवन्धन टुट्न नदिने बताएका छन् । 

पोखरामा शुक्रबार आयोजित आफ्नो पार्टीको कार्यक्रममा उनले भने, ‘गठबन्धन टुट्न पनि हुँदैन । टुटिहालेमा बिचराहरू धुलोपिठो हुन्छन् ।’ सरकारमा बस्नेहरूले आफैले सडकमा ढुंगा हान्न लगाएको ओलीको भनाई थियो ।

Advertisement

उनले सरकारमा बस्नेहरुले नै एमसीसी ल्याएको र आफै दोहोरो कुरा गर्नेदेखि सडकमा ढुंगा हान्न लगाउने काम गरेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पुतली कि मान्छे भनेर छुट्टाउन नसकिएको बताए । 

जसलाई जतिबेला चाहियो त्यतिबेला फोरेर काम चलाउने जस्तो एमाले पैसा जम्मा गर्ने खुत्रुके होइन् भन्दै ओलीले नेता कार्यकर्तालाई आगामी स्थानीय तहको निर्वाचनमा लाग्न निर्देशन पनि दिएका थिए ।

नेता ओलीले आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनलाई ७ दिन उठ्नै नसक्ने गरी पछार्ने दाबी पनि गरे । गठबन्धन पनि जोगाउने र एमसीसी पनि पारित गर्ने समझदारी भएको खबर पढेपछि आक्रोसित भएका ओलीले गठबन्धनमाथि खनिए ।

उनले आफूहरु एकैचोटी ५ दलको गठबन्धनसँग नै चुनाव लड्न चाहेको बताए । ओलीले भने, ‘एउटा यता छ, अर्को उता छ । लड्न आमन्त्रण गर्दा वान बाइ वान भनिन्छ नि । हामी त्यस्तो गर्दैनौं । वान बाइ वानवाला होइन, ५ दललाई एकमुण्ट बोलाउँछौं । आउ, पाँचै दल एकैचोटी आऊ ।’

Advertisement

Advertisement