आक्रमणको सामना गछौं, म देश छोडेर भाग्दिनः युक्रेनी राष्ट्रपति, ३५ सय रुसी सैनिक मारिएको दाबी

Advertisement

काठमाडौं । युक्रेनमाथि विभिन्न मोर्चाबाट रुसी आक्रमण जारी रहँदा युक्रेनका सैनिकले प्रतिकार जारी राखेका छन् । हालसम्म तीन हजार पाँच सय रुसी सैनिक मारिएको युक्रेनी सैनिकले बताएका छन् ।

यता युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनबाट उनलाई उद्धार गर्ने वाशिङ्टनको प्रस्तावलाई अस्वीकार गरेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।

Advertisement

उनले भनेका छन्, ‘लडाइँ यहाँ भइरहेको छ। मलाई हतियार चाहिएको छ, कुनै सवारी होइन ।’ द वाशिङ्टन पोस्टले पनि अमेरिकी र युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिकी सरकार जेलेन्स्कीलाई सहयोग गर्न तयार रहेको जनाएको छ।

रुसी हमलाविरुद्ध जनाएको प्रतिक्रियाका कारण जेलेन्स्कीको समाजिक सञ्जालमा प्रशंसा भइरहेको छ । उनले निरन्तर लडिरहने प्रतिबद्धता जनाएका छन्। एउटा सम्बोधनमा जेलेन्स्कीले भनेका छन्, ‘जब तिमीहरूले हामीलाई आक्रमण गर्छौँ हामी त्यसको सामना गर्छौँ, भाग्दैनौँ ।’

उनले आफैँले खिचेको एउटा भिडिओ पनि पोस्ट गरेका छन् जसमा उनी र उनका सहयोगीहरू राजधानी किएभमा देखिएका छन् । 

Advertisement

Advertisement