अन्ततः राति ९ बजे एमसीसी सम्झौता संसदबाट ध्वनी मतबाट पारित

Advertisement

काठमाडौं । लामो समयदेखिको विवाद र विरोधका बीच अन्ततः अमेरिकी संस्था एमसीसीसँग भएको विवादित सम्झौता संसदबाट ध्वनी मतले पारित भएको छ । 

विभिन्न १२ बुँदाको व्याख्यात्मक घोषणा गर्दै सत्ता गठवन्धनले आइतबार राति ९ बजे एमसीसी सम्झौता पास गरेको हो । सम्झौता पास गरिरहँदा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका साँसदहरु नाराबाजी गरिरहेका थिए । 

Advertisement

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताबारे उठेका प्रश्नहरुलाई समेटेर १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्ताव गरेका थिए, जसलाई संसदले एमसीसीसँगै अनुमोदन गरेको छ ।

व्याख्यात्मक घोषणामा मिलेनियन च्यालेन्ज कम्प्याक्टको पक्ष भएको कारण नेपाल, अमेरिकाको हिन्द प्रशान्त रणाीति लगायतका कुनै पनि सामरिक, सैन्य वा सुरक्षा गठबन्धनमा आवद्ध भएको मानिने छैन भन्ने लगायतका कुरा छन् ।

Advertisement

Advertisement