राष्ट्रिय जनमोर्चाले छा्ड्यो सरकार, माओवादी केन्द्र र एकीकृत समाजवादीभित्र पनि असन्तुष्टि

Advertisement

काठमाडौं । अमेरिकी संस्था एमसीसीसँगको सम्झौता आइतबार राति संसदले पास गरेपछि सत्तारुढ घटक राष्ट्रिय जनमोर्चाले पाँचदलीय गठबन्धनबाट अलग हुने घोषणा गरेको छ । 

जनमोर्चाको सोमबार बसेको केन्द्रीय सचिवालयको बैठकले यस्तो निर्णय गरेको हो । अधिकांश जनता एमसीसीको विपक्षमा सडकमा हुँदाहुँदै जनतालाई झालझेल पारेर एमसीसी पास गर्नु राष्ट्रलाई दीर्घकालिन र गम्भीर क्षति पुग्ने भन्दै सो पार्टीले असन्तुष्टि पनि जनाएको छ । 

Advertisement

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी बाहेकका चार पार्टीले एमसीसीलाई संसद‍्द्वारा पारित गराउन गरेको षड्यन्त्र, जालझेल, तिकडम र साम्राज्यवादीहरूको दलाली तथा पृष्ठपोषण गर्ने काम गरेको हुनाले पाँच दलीय गठबन्धन देशको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताकोविरुद्ध खडा भएको स्थितिमा पाँच दलीय गठबन्धनलाई कायम राखिरहनु पर्ने औचित्य समाप्त भएको छ ।’

राष्ट्रिय जनमोर्चाले एमसीसीको विरोधमा यही फागुन १९ देखि २२ गतेसम्म देशव्यापी जिल्ला तथा स्थानीय स्तरमा विरोध सभा गर्ने जनाएको छ ।

अरु दुई सत्तारुढ दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीभित्र पनि एमसीसी पास गरिएको विषयलाई लिएर असन्तुष्टि बढ्दै गएको छ । उक्त विषयका कारण पार्टी नै विभाजित हुने वा महत्वपूर्ण व्यक्तिहरुले पार्टी छोड्नसक्ने संभावना देखिएको छ । 

माओवादी केन्द्रभित्र नारायणकाजी श्रेष्ठसहितका नेता र एकीकृत समाजवादीभित्र झलनाथ खनालसहितका नेता एमसीसी पास गर्ने कुराबाट सन्तुष्ट छैनन् । सरकार बाहिर रहेका विभिन्न दलहरुले पनि एमसीसी अनुमोदन गर्ने कुराप्रति विरोध जनाउँदै आन्दोलनको समेत घोषणा गरेका छन् । 

Advertisement

Advertisement