शान्ति वार्ता चलिरहँदा रुसको आक्रमण तीब्र, क्षेप्यास्त्र हमलाबाट कैयौँ गैरसैनिक युक्रेनीको मृत्यु

Advertisement

एजेन्सी । युद्धविरामका लागि युद्धरत रुस र युक्रेनबीच शान्ति वार्ता चलिरहँदा शक्ति राष्ट्र रुसले युक्रेनमाथिको आक्रमण झन तीब्र पारेको छ । अहिले दुवै मुलुकका सैनिकबीच लडाइँ चलिरहेको छ ।

रुसले युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा रुसको क्षेप्यास्त्र हमलाबाट कैयौँ सर्वसाधारण मारिएका छन् भने राजधानी किएभमा खतराको जनाउ दिने साइरन फेरि बजेका छन् ।

Advertisement

युक्रेनको उत्तरी सहर चर्निभमा भीषण गोलाबारी भइरहेका बीबीसीले जनाएको छ । पश्चिमा सैन्य गठवन्धनले युक्रेनलाई सहयोग नगरोस भनेर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक हतियार तयारी अवस्थामा राख्न निर्देशन दिएका छन् । 

अहिले रुसले युक्रेनमाथि विभिन्न मोर्चाबाट हमला गरिरहेको छ । तर युक्रेनी फौज साहसका साथ प्रतिकारमा उत्रिँदा रुसी फोजलाई अघि बढ्न कठिनाई भइरहेको छ । अझै पनि युक्रेनका मुख्य तीन वटा सहर उसको नियन्त्रणमा छ ।

पुटिनले पश्चिमा प्रतिबन्धहरूका कारण देशको मुद्रा रुबलको मूल्यमा थप गिरावट आउन नदिने प्रयासमा रुसीहरूलाई विदेशमा रकम लैजान प्रतिबन्ध लगाएका छन् । 

युक्रेन–बेलारुस सीमामा जारी रुसी र युक्रेनी अधिकारीहरूबीच पहिलो चरणको वार्तामा कुनै नतिजा नआए पनि आ–आफ्नो राजधानी फर्केर आवश्यक परामर्श गरी दोस्रो चरणको वार्ता गर्ने सहमति भने गरेका छन् । केही दिनभित्र अर्को वार्ता गर्ने उनीहरुबीच सहमति भएको छ ।

रुसले अन्धाधुन्ध आवासीय क्षेत्रहरूमा गोलाबारी गरिरहेको आरोप लगाउँदै त्यो मानवता विरुद्धको अपराध भएको मानव अधिकारवादी संस्था ह्यूमन राइट्स वाचले जनाएको छ । तर रुसले त्यो कुरालाई अस्वीकार गरेको छ ।

Advertisement

Advertisement