शेयर बजारमा हल्ला चलाउने र त्यसैको पछि लाग्ने प्रबृत्ति हटाउँछौँः सेबोन र नेप्सेका प्रमुख

Advertisement

काठमाडौँ । धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश हमालले बित्तीय साक्षरताका क्षेत्रमा धेरै काम गरेर शेयर लगानीकर्ताहरूलाई सु–सुचित गर्ने बताए । 

उनले साक्षरताकै अभावमा लगानीकर्ताहरू हल्ला गर्ने वा हल्लाको पछी लाग्ने देखिएको बताए । त्यस्तै ठूलो ‘मार्केट मेकर’ को अभाव देखिएको उनको भनाई थियो । 

Advertisement

आज अध्यक्ष हमाल र सिईओ कार्कीको स्वागतमा आज अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा उनले उक्त अभिव्यक्ति दिएका हुन् । 

सोही कार्यक्रममा नेप्सका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले लगानीकर्ताको गुनासो नआउने गरी काम अगाडि बढाउने प्रतिबद्धता जनाए । 
 

Advertisement

Advertisement