‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ फागुन २७ गतेदेखि हुने

Advertisement

काठमाडौँ । काठमाडौँको भृकुटमण्डपमा फागुन २७ गतेदेखि २९ गतेसम्म ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी–२०२२’ हुने भएको छ ।

मिडिया स्पेस सोलुसन्स प्रालि र Futurex Trade Fair & Events Pvt. Ltd.ले संयुक्त रुपमा उक्त प्रदर्शनी गर्ने भएको हो । विगत ६ वर्षदेखि उक्त प्रदर्शनी संयुक्त रुपमा हुँदै आएको छ । 

Advertisement

सो अन्तर्राष्ट्रिय प्रदर्शनीमा विभिन्न देशका ३ सय भन्दा बढी ख्याती प्राप्त ब्राण्डहरुका १५० भन्दा बढी स्टल रहने आयोजकले जनाएका छन् । 

निर्माण कम्पनी, डिलर, सबडिलर र बिक्रेताहरुले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरु र नयाँ नयाँ प्रबिधिको बारेमा जानकारी गराउने उद्देश्यले उक्त प्रदर्शनी गर्न लागिएको हो । 

मिडिया स्पेस सोलुसन्स प्रालिका प्रबन्ध निर्देशक श्रीजल भट्टराइका अनुसार प्रदर्शनीको टाइटल स्पोन्सर हुलास स्टील इन्डष्ट्रिज रहने छ । 

अन्य सहयोगी संस्थाहरुमा नेपाल इञ्जिनियरिङ एशोसियशन, नेपाल निर्माण व्यवसायी महासंघ, सोसाइटी अफ नेप्लिज आर्किटेक्टर, हेभी इक्वीपमेन्ट पार्टस एशोसियशन तथा कन्फरडेशन अफ इण्डियन इण्डष्ट्रिज रहने छन् । 
 

Advertisement

Advertisement