टाटा मोटर्सको धमाका अफर चैत १७ गतेसम्म, ३ लाख छुट पाइने

Advertisement

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले सञ्चालन गरेको टाटा मोटर्सको धमाका अफर चैत १७ गतेसम्म बढाइएको छ । 

कमर्सियल गाडी खरिद गरी आफ्नो व्यवसायलाई नयाँ उचाईं दिने सोच बनाएका ग्राहकहरुका लागि अहिलेको असहज आर्थिक अवस्थामा पनि सहज होस् भनेर आकर्षक अफरसहितको ‘टाटा मोटर्स को धमाका’ नामक योजना ल्याएको कम्पनीले जनाएको छ । 

Advertisement

योजना अन्तर्गत ग्राहकहरुले पहिले कहिल्यै नपाएको सुविधाहरु प्राप्त गर्ने दावी कम्पनीले गरेको छ ।

माघ १८ गतेदेखि लागू भएको यो योजना फागुन १६ गते सम्मका लागि सार्वजनिक गरिएको थियो । तर ग्राहकहरुको उच्च सहभागिता र मागलाई मध्यनजर गर्दै यस योजनालाई चैत १७ गते सम्मका लागि थप गरिएको सिप्रदी ट्रेडिङ्गका सिनियर जिएम अनुपमणि ढकालले जनाए । 

यस्तो छ अफरः 
– नगद खरिदमा विशेष छुट
– क्यास ब्याक अफर
– नगद खरिदमा विशेष छुट सहित एएमसिको सुविधा
– नगद खरिदमा ३ सरल किस्ताको सुविधा
– आकर्षक अफर सहित एक्सचेन्जको सुविधा
– ३ इएमआईसम्म छुटको सुविधा
– पुरानो टिपरको स्क्र्याप  ल्याएर नयाँ गाडी खरिद गर्दा ३ लाख सम्मको छुट । 
 

Advertisement

Advertisement