स्थापना दिवसमा महासंघले गर्यो रक्तदान कार्यक्रम

Advertisement

काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघको आयोजनामा शुक्रबार काठमाडौंको नक्सालस्थित भगवति वहालमा रक्तदान कार्यक्रम सम्पन्न भयो । महासंघले आफ्नो स्थापनाको नवौं वार्षिकोत्सवको अवसरमा सो कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रमको महासंघका सल्लाहकार समेत रहेका पूर्वमन्त्री एवं प्रतिनिधिसभा सांसद कृष्णगोपाल श्रेष्ठले कार्यक्रम उद्घाटन गरेका हुन् । त्यसक्रममा उनले सुनचाँदी ब्यवसायीहरुलाई एकजुट भएर लाग्न सुुझाव दिए । 

Advertisement

त्यसक्रममा महासंघका अध्यक्ष माणिक रत्न शाक्यले महासंघले रक्तदान कार्यक्रमको आयोजना गरी सामाजिक उत्तरदायित्व वहन गरेको बताए । महासंघका विभिन्न ब्यक्तिहरुले कार्यक्रमका बारेमा प्रकाश पार्नुु भएको थियो । रक्तादनकार्यक्रममा महासंघका पदाधिकारी, सदस्य, उद्यमी ब्यवसायी, कर्मचारी र स्वतन्त्र ब्यक्तिहरुले समेत सहभागिता जनाएका थिए । 

त्यसअघि पुुर्वमन्त्री श्रेष्ठले केक काटेर महासंघको स्थापना दिवसको उद्घाटन गरेका थिए । महासंघका उपाध्यक्ष एवं रक्तदान कार्यक्रमका संयोजक पवन कुमार सोमानीले कार्यक्रम भब्यरुपमा सम्पन्न भएको बताए । महासंघको स्थापना दिवसका अवसरमा सातौं प्रदेश महासंघ तथा जिल्ला संघहरुले पनि विविध कार्यक्रम गरी यो दिवस मनाएका छन् ।

Advertisement

Advertisement