विपदको असरः वायुसेवालाई लाभैलाभ, सार्वजनिक यातायात व्यवसायीको पुर्पुरोमा हात !

Advertisement

काठमाडौं । यसपालिको दशैँ धेरैका लागि दशा बनेर आएको छ । बेमौसममा आएको भारी वर्षाका कारण देशभरको जनजीवन अस्तव्यस्त बन्न पुगेको छ भने सोही वर्षाका कारण आएको बाढी पहिरोमा परी २०५ जनाले अकालमानै ज्यान गुमाउनु परेको छ । २२ जना अझै बेपत्ता छन् । 

बाढी पहिरोका कारण लाखौं सर्वसाधारण घरबारविहिन बन्न पुग्दा यतिबेला ‘के दशैँ के तिहार’ सबैका लागि खल्लो बनेको छ । भन्ने नै हो भने, दशैँको मुखमा देश शोकमा छ । हर्सोउल्लासको चाड दशैँतिहारको मुखमानै घटेको यस्तो प्राकृतिक प्रकोपले नमिठो अनुभव दिएको छ । 

Advertisement

बाढी पहिरोले राजधानीसँग जोड्ने मुख्य राजर्माग, नाकाहरुको कनेक्सन टुटेको छ । देशका अधिकांश सडक सञ्जालहरु अवरुद्ध छन् । जसले दशैँतिहारकै लागि गाउँ जानेहरु यतै रोकिने स्थिति बनेको छ । गाउँ हिडेकाहरु पनि सहजै गन्तव्यमा पुगिने हो कि होइन, दशैँतिहार मनाउन पाउने हो कि होइन भन्ने त्रासमा छन् । 

सडक सञ्जालको दुराअवस्था र असुरक्षाको महशुसले सार्वजनिक यातायातका यात्रुहरु हवाई (एयरलाइन्स) तर्फ ड्राइभर्ट भएका छन् । जसले यतिबेला हवाई सेवामा तीब्र चाप बढेको छ ।

मालामाल एयरलाइन्स कम्पनीहरु

तर दुःखको कुरा, यस्तो शोकको घडीमा पनि एयरलाइन्स कम्पनीहरु मालामाल भएका छन् । देशभरका अधिकांश सडक सञ्जालहरु अवरुद्ध हुँदा हवाई यात्रामा ओहिरिएका यात्रुबाट एयरलाइन्स अपरेटर (सञ्चालक) हरुले दोब्बर बढी भाडा असुली रहेका छन् । तर पनि टिकट बेच्न उनीहरुलाई नै भ्याइनभ्याई छ । 

null

तोकिएको भाडा दरभन्दा दोब्बर मूल्यमा टिकट बेच्दा समेत सरकार मुखदर्शक बनिरहेको छ । अनौपचारिक रुपमा भाडामा मनलाग्दी नगर्न सरकारले आग्रह गरिरहेपनि एयरलाइन्स कम्पनीहरुले मनलाग्दी महँगोमा टिकट बेचिरहेकै छन् । 

हवाई भाडाको सन्दर्भमा चौतर्फी आलोचना भइरहँदा हवाई सञ्चालक संघ, नेपाल (एओन) सरकारले तोकेको भाडा दरको माथिल्लो सीमा भन्दा तलनै लिइरहेको विज्ञप्तिबाजी गरिरहेको छ । तर, यता टिकट काट्ने यात्रुहरुले भने सरदर अरु बेला पाइने भाडा दरको दोब्बर मूल्य तिर्न बाध्यछन् । 

यात्रुहरुको चाप र अवस्थालाई मध्यनजर गर्दै एयरलाइन्स कम्पनीहरुले फ्लाइट संख्या थपेकाथपै छन् । दिउँसो मात्र नभएर रातमा समेत उडान भरिरहेका छन् । र पनि भाडामा सहुलियत छैन, अझ बढाएर यात्रुहरुको ढाड सेक्ने काम एयरलाइन्स कम्पनीहरुले गरिरहेका छन् । 

यस्तो स्थिति हेर्दा विपदले त झन् एयरलाइन्सहरुलाई राम्रो कमाउने मौका पो दिएको छ । 

संकटमा सार्वजनिक यातायात

तर, यता सार्वजनिक यातायातको स्थिति भने निकै दयनीय छ । मुख्य कमाउने सिजन, दशैँतिहारकै मुखमा बाटोघाटो बिग्रिदा यसको प्रत्यक्ष असर बिजनेशमा परेको छ ।

‘दुखको कुरा अहिलेको समस्याले लाखौं यातायात व्यवसायीहरु प्रभावित छन् । के कति नोक्सान भयो ? त्यो अंकमा त भन्न सकिन्न, तर अपुरणिय क्षती हुन पुगेको छ’ यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपालका वरिष्ठ उपाध्यक्ष पुण्य गौतम (सरोज)ले कर्पोरेट नेपालसँग भने । 

खासगरी पछिल्लो बाढी पहिरोका कारण प्रभावित २२ देखि २५ वटा जिल्लाबाट राजधानीसँग प्रत्यक्ष जोडिने राजमार्ग तथा सडक सञ्चालहरु क्षतिग्रस्त छन् । मुख्य दुई राजमार्ग पृथ्वी राजमार्ग र बीपी राजमार्ग प्रभावित छन् । बीपी राजमार्ग अन्तर्गतको भकुन्डेबेसी–नेपालथोक सडक खण्डको झण्डै १२ किलोमिटर सडक अवरुद्ध छ । 

बाढी पहिरोका कारण सडक भासिएर र बगाएर लैजादा दुईतर्फको कनेक्सन टुटेको छ, जसका कारण ४ देखि ५ सय सवारी साधन (यात्रुबाहक तथा मालबाहक) बीच बाटामा नै फस्न पुगेको यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाले जनाएको छ । 

यस्तै, अरनिको राजमार्ग, पुष्पलाल(मध्यपहाडी) राजमार्ग, कान्तिपथ र मेची राजमार्ग समेत प्रभावित बन्न पुगेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । बाढी पहिरोले सडक सञ्जाल बगाउदा र दजनौं पुलमा क्षति पुर्‍याउदा सवारी आवागमनमा समस्या आएको तथ्यांङ मन्त्रालयले दिएको छ । 

null

nullदशैँकै मुखमा यस्तो स्थिति बन्दा एक त यात्रुहरुको बिचल्ली भएको छ भने अर्कोतर्फ कमाउने मौसमा नै सवारी चलाउन नपाउँदा यातायात व्यवसायीहरु मर्कामा परेका छन् । 

‘दुखको कुरा अहिलेको समस्याले लाखौं यातायात व्यवसायीहरु प्रभावित छन् । के कति नोक्सान भयो ? त्यो अंकमा त भन्न सकिन्न, तर अपुरणिय क्षती हुन पुगेको छ’ यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपालका वरिष्ठ उपाध्यक्ष पुण्य गौतम (सरोज)ले कर्पोरेट नेपालसँग भने । 

गौतमका अनुसार हाल देशभरीबाट करिब ४ लाख सार्वजनिक सवारी साधन (मालबाहक सहित) छन् । यसमा ११ लाख ६० हजार बढी चालक तथा सहचालक (कामदार) रहेका छन् । यीमाथि झण्डै ४० लाख घर–परिवार, व्यवसायीहरु आश्रित छन् । अहिलेको समयस्याले यी सबै प्रभावित बन्न पुगेका छन् । 
undefined

Advertisement

Advertisement