डिशहोमले ‘रगतका कथाहरु’ शीर्षकमा सिरिज बनाउने

Advertisement

काठमाडौं । डीटीएच सेवा प्रदायक कम्पनी डिशहोमले ‘रगतका कथाहरु’ शीर्षकमा सिरिज बनाउने भएको छ । आफ्ना ग्राहकहरुको लागि आफ्नै च्यानलहरुमार्फत नयाँ नयाँ मनोरन्जनात्मक कार्यक्रमहरु निर्माण तथा प्रशारण गर्ने क्रममा नयाँ सिरिज निर्मार्ण गर्न लागेको कम्पनीले जानकारी दिएको छ । 

यो सिरिजको पहिलो सिजनमा १३ श्रृंखला हुनेछन् । प्रत्येक श्रृंखलामा फरक फरक कथावस्तु समेटिने जनाइएको छ । डिश मिडिया नेटवर्क र दृश्यालय सिनेमा प्रालिको संयुक्त प्रस्तुतिमा बन्न लागेको यस श्रृंखलाको सम्झौतापत्रमा डिश मिडिया नेटवर्कका प्रवन्ध निर्देशक सुदीप आचार्य र लेखक तथा निर्देशक किरण विकले हस्ताक्षर गरे । 

Advertisement

आचार्यले आफूहरुले अलि फरक तरिकाको कथाहरु टिभीका दर्शकलाई दिन चाहेको बेला किरण विकसँगको छलफल र उनको पहिलो श्रृंखला हेरेपछि आफूहरुले खोजे जस्तै कन्टेन्ट बन्ने देखेर दृश्यालय सिनेमासँग सहकार्य गर्न तयार भएको बताएका छन् । 

देशका विभिन्न ठाउँमा छायाङ्कंन हुने यस सिरिजमा समाजमा नभनिएका, लुकाइएका र भन्न पनि अफ्ठ्यारा लाग्ने लभ, सेक्स एण्ड रिलेसनका हार्डकोर कथाहरु दर्शकहरुलाई देखाइने विकले बताए । यस सिरिजमा युविना भट्टराई, सहारा कोइराला, राजकुमार दर्जी, प्रेम अधिकारी जेनिथ, नुतन, अस्मिता खनाल लगायतको अभिनय रहनेछ भने गोपाल आचार्य सह–निर्देशनमा रहने छन् । साथै स्क्रिनप्ले सावित्री रसाइली र समानता गौतमको हुने जनाइएको छ । 
 

Advertisement

Advertisement