कृष्ण र कंशबीच लडाईं भएजस्तै अबको लडाईं परमादेशी र जनादेशीबीच होः केपी ओली

Advertisement

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी ओलीले राजनीतिमा अबको लडाईं  सत्य र असत्यबीचको भएको तर्क गरेका छन् । मंगलवार पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले यस्तो बताएका हुन् । 

ओलीले सत्य र असत्यको लडाईं बेलाबेलामा हुने गरेको दृष्टान्त दिँदै आजको सत्य र असत्यको बीचको लडाईं परमादेशी र जनादेशी बीचको लडाईं भएको बताए । उनले नेकपा एमाले जनताको अभिमतबाट जनताको पक्षमा लड्ने पार्टी भएको पनि बताए । 

Advertisement

ओलीले भने, ‘सत्य र असत्यको लडाईं समय समयमा हुन्छ, कहिले रावण र रामका बीचमा हुन्छ । कहिले पाण्डव र कौरवका बीचमा हुन्छ । कहिले कृष्ण र कंशका रुपमा हुन्छ । अनेक रुपमा सत्य र असत्यका बीचमा लडाईं हुन्छ । आजको सत्य र असत्यको बीचको लडाईं परमादेशी र जनादेशीका बीचमा भएको लडाईं हो । असत्यको प्रतिकको लडाईं भनेको परामादेशी शक्तिहरु हुन् । जनादेशको पक्षमा रहेका जनादेशमा जाने जनताको अभिमतबाट अघि बढ्न खोज्ने हामी जनताको पक्षमा लडिरहेका छौँ ।’ राजनीतिक मैदानका सर्वश्रेष्ठ सिद्धान्तबाट एमालेहरु अघि बढ््ने उनले बताए । 

Advertisement

Advertisement