सिसडोलवासी आन्दोलित, फोहोर बोकेका गाडी रोकिए

Advertisement

काठमाडौं । सिसडोल तथा बञ्चरेडाँडा ल्यण्डफिलसाइट प्रभाबितहरु आन्दोलित भएका छन् । बञ्चरेडाँडा ल्याण्डफिलसाइटको निर्माण कार्य रोकेका स्थानीयवासीहरु आन्दोलित भएका हुन् । उनीहरुले फोहोरो लिएर उपत्यकाबाट त्यता गएका गाडीहरु रोकेका छन् ।  

सरकारी पक्षले गरेका प्रतिवद्धता कार्यान्वयन नगरी फोहरमैला थुपार्ने तयारीमा लागेकाले आफूहरुले बाध्य भएर आन्दोदित भएको उनीहरुको भनाई छ । धादिङको धुनीबेशी नगरपालिका वडा नं १, २, ३ र ककनी गाउपालिका वडा नं १, २, ३ का बासिन्दा आन्दोलित भएका हुन् ।  

Advertisement

माग पुरा गर्न सोमबारसम्म अल्टिमेटम दिइएकोमा माग सम्बोधन नभएपछि फोहोरको ढुवानीमा समेत अवरोध गरिएको हो । स्थानीयवासी समीर ढुंगानाले यो आफूहरुको पहिलो चरणको विरोध भएको र माग सम्बोधन नभए कडा विरोधका कार्यक्रममा जान बाध्य हुने बताए । 

उनले भने, ‘बञ्चरेडाँडा कि फोहोररहित, हुनुपर्यो, कि मानव रहित । स्थानीयको जीवन बीमा, शिक्षा, स्वास्थ्य, पक्की बाटो हुनुपर्यो । यो सरकारको प्रतिवद्धता पनि हो । प्रतिवद्धता पूरा नगरी फोहोर मात्रै ल्याएर थुपार्ने कुरा स्वीकार्य हुँदैन् ।’ स्थानीयले बञ्चरेडाँडाको वरीपरी कम्तिमा तीन हजार मिटर क्षेत्रफल अधिग्रहण हुनुपर्ने र प्रभावितहरुलाई उचित मुआब्जा दिनुपर्ने माग पनि गरेका छन् । 

केही दिनअघि सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बञ्चरेडाँडा ल्याण्डफिलसाइटको अनुगमन गरेकी थिइन् ।

Advertisement

Advertisement