एपीएफ फुटबल क्लबले पायो एएफसी लाईसेन्स, अग्नि ग्रुपले दियो बधाई

Advertisement

काठमाडौँ । एपीएफ फुटबल क्लबले हालै हलचोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा आयोजित विशेष समारोहमा एसियाली फुटबल महासंघ (एएफसी) लाइसेन्स प्रमाणपत्र प्राप्त गरेको छ । 

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माको उपस्थितिमा सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

Advertisement

अग्नि ग्रुप महिन्द्रा नेपाल एपीएफसँग करिब ८ वर्षदेखि आबद्ध छ र सुरुवाती दिनदेखि नै क्लबको स्तरोन्नतिका लागि सहयोग गर्दै आईरहेको छ । अग्नि ग्रुपले एपीएफ टिमलाई सफल भविष्यको कामना गर्दै आगामी दिनहरुमा पनि यस्तै उपलब्धिहरु हासिल गर्दै जाने अपेक्षासमेत गरेको छ । 
 

Advertisement

Advertisement