ह्योल्मो समुदायको छेच्यु पूजा (फोटोफिचर)

Advertisement

काठमाडौं। ह्योल्मो समुदायले काठमाडौंको तिन्चुलीस्थित ह्योल्मो समाज सेवा केन्द्रमा शनिबार छेच्यु पूजा मनाएका छन्। सम्पूर्ण प्राणी जगतको रक्षा, मानव कल्याण तथा विश्व शान्तिका लागि ह्योल्मो समुदायहरुले वर्षेनी सो पूजालाई आफ्नो मुख्य धार्मिक पर्वको रुपमा मनाउने गर्छन्।

चन्द्रमास पात्रो अनुसार सोनाम ल्होसारको पर्व झैं विभिन्न गाउँहरुमा पञ्चमीदेखि पूर्णिमासम्म मनाउँछन्। तर, काठमाडौंमा बसोबास गर्ने ह्योल्मो समुदायहरुले भने त्यसको एक महिना पछि शुक्ल पक्षको दशमीको दिन ह्योल्मो समाज सेवा केन्द्रमा वार्षिक रुपमा मनाउने गर्छन्। गुरु रिम्पोछेको जन्मदिन र धर्मग्रन्थअनुरुप पदमसंम्भवालाई आव्हान गरेर तान्त्रिक नृत्यमार्फत राक्षसमाथि बिजय गरेको छेज्यु पूजामा तान्त्रिक नृत्य देखाइन्छ।

Advertisement

हरेक वर्ष ह्याल्मो समाज सेवा केन्द्रको पाअँगनमा छेच्यु पूजा गर्दै आएका छन्।  केन्द्रको पाअँगनमा देवीदेवताबीच पदमसंम्भवाको पोशाकको भेषमा लामा गुरु नाच्ने गर्छन्। पूजा गर्ने क्रममा गुम्बाबाट देवीदेवताबीच पदमसंम्भवाको पोशाकको भेषमा लामा गुरु नाच्दै निस्कन् र्छन्। लामा गुरुले शिरमा कलात्मक मयुरप्वाखे पवित्र शिरपोष, हातमा तन्त्रमन्त्र कुदिँएका भयंकर बज्र र घण्टी पहिरिए निस्कछन्।

ह्योल्मो धार्मिक पोशाकमा चिटिक्क देखिएका बौद्ध धर्मगुरु रिन्पोछे ९पदमसंम्भवा० सँगै रिन्पोछेकै स्वरुप र देवीदेवताको सामुहिक लस्कर निस्कि छन्।
ह्योल्मो क्षेत्रमा बौद्ध धर्मका एक प्रमुख देव तथा ञिङ्मा सम्प्रदायका प्रवद्र्धक महागुरु रिम्पोछेले हिमाली गुफाहरुमा ध्यान, तपस्या गर्ने गर्छन्। साथै, भविष्यका निम्ति भनेर आफ्नो धार्मिक महत्वका पवित्र निधि(तेर)हरु लुकाएर राखेको यस किसिमको धार्मिक कुराले विशेष महत्व राख्दछ।

सेर्माथाङका ह्योल्मो सांस्कृतिक अनुसन्धानदाता टासी दोङ्बा ह्योल्मोका अनुसार त्यही पौराणिक घटनालाई स्मरण गरेर वार्षिक छेज्यु पर्व ह्योल्मो समुदायले मनाउँदै आएको छ। ‘नृत्यमा देविदेवतालाई बज्रयान तान्त्रिक अभ्यासमार्फत बशमा लिएर बुद्धको वचनमार्फत आर्शिवाद दिइन्छ, स्थानीय देवीदेवता (प्रकृति)को पूजा या ‘साङ’ गरिन्छ, जसबाट नकरात्मक शक्ति मर्ने विश्वास गरिने टासी ह्योल्मोले जानकारी दिए।

छेच्यु पूजामा श्रद्धेय धर्मगुरु क्याब्जे ङवाङ तेन्जीन रिन्पोछे तथा बागमती प्रदेशका माननीय स्वास्थ्य मन्त्री निमा लामा ह्योल्मोको विशेष उपस्थिति रहेको लामाले बताए।

तीन दिनसम्म धार्मिक पुस्तकहरु वाचन गर्दै मनाइने यस पर्वको प्रमुख दिनको अवसरमा गुरु रिम्पोछेको प्रतिक स्वरुपका साथ अन्य विभिन्न देवी देवताका विभिन्न मुद्राका मुकुण्डोहरु लगाएर धार्मिक पूजा गर्दै नाच्ने गर्दछन्, जसलाई बाछ्याम भनिन्छ। छेच्यु पर्वमा धार्मिक नाचको लागि अध्यात्मिक सिद्धी पाएका लामा मात्रै (न्हाम्सा) पोशाक लगाएर सहभागी हुने गरेको लामाले जानकारी दिए।

Advertisement

Advertisement