महालक्ष्मी लाईफले सार्वजनिक गर्यो वार्षिक क्यालेन्डर

Advertisement

काठमाडौँ । महालक्ष्मी लाईफ इन्स्योरेन्सले २०७९ सालको आफ्नो क्यालेन्डर सार्वजनिक गरेको छ । 

कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले आइतबार प्रधान कार्यलायमा आयोजित कार्यक्रममा उक्त क्यालेन्डर सार्वजनिक गरेका हुन् । प्राकृतिक पर्यटनलाई सघाउ पुग्ने गरी नेपालको दुर्गम हिमाली क्षेत्रमा रहेको तालहरु क्यालेन्डरमा समावेश गरिएको छ । क्यालेन्डर सार्वजनिक कार्यक्रममा संचालकहरु उमेशलाल श्रेष्ठ, सुरेश सापकोटाको उपस्थिति रहेको थियो । 

Advertisement

कारोबार संचालन भएको ३ तीन वर्ष पुगेको कम्पनीको हाल ६५ वटा शाखा÷उपशाखा संचालनमा रहेको छ भने तीन वर्षको अवधिमा कम्पनीले ३ अर्ब भन्दा बढी प्रिमियम संकलन गरिसकेको छ ।  

कम्पनीले आउने असार भित्र चुक्ता पूँजीको ३० प्रतिशत बराबरको शेयर सर्वसाधारणलाई विक्री गर्ने गरी तयारी गरिरहेको सीईओ रमेशकुमार भट्टराईले बताए । 

Advertisement

Advertisement