मुक्तिनाथ विकास बैंकद्वारा आश्रमलाई विभिन्न सामग्री हस्तान्तरण

Advertisement

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले राप्ती गाउँ पालिका-८, पिपरी, दाङ्ग स्थित नीलसागर असाहाय अशक्त तथा ज्येष्ठ नागरिक पूनः स्थापना केन्द्र (निलसागर सेवा आश्रम) का लागि खाद्य वस्तुहरु, डस्टबीन तथा अन्य सामग्रीहरुका लागि सहयोग गरेको छ । 

बैंकले निलसागर सेवा आश्रमलाई एक कार्यक्रम बीच उक्त सामग्रीहरु हस्तान्तरण गरेको हो । उक्त कार्यक्रममा बैंकका तर्फबाट सिसहनिया शाखाका प्रबन्धक दिपककुमार पाण्डे र अन्य कर्मचारीहरुको उपस्थिति तथा निलसागर सेवा आश्रमका तर्फबाट आधिकारिक सदस्यहरुको उपस्थिति रहेको थियो । 

Advertisement

यस सहयोगबाट निलसागर सेवा आश्रम रहेर बस्नु भएका ज्येष्ठ नागरिक , अशक्त नागरिकको पूनः स्थापना गर्न मद्दत पुग्ने धारणा बैंकले लिएको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ ।
 

Advertisement

Advertisement