नेपाल–अमेरिकासम्बन्धको ७५ औं वार्षिकोत्सवमा पर्वतारोहण अभियान सुरु हुने

Advertisement

काठमाडौँ। नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको बिहीबार  ७५ औं वार्षिकोत्सव पुगेको छ। सो अवसरमा पर्वतारोहण अभियान सञ्चालन हुने भएको छ ।

काठमाडौँमा आयोजित  बिहीबार कार्यक्रमार्फत् दुई देशका आरोही सम्मिलित पर्वतारोहण टिमले अमेरिकाको सबैभन्दा अग्लो हिमाल डेनाली (६,१९० मिटर)को संयुक्त आरोहण गर्ने जानकारी दिइएको हो ।

Advertisement

सन् १९४७ मा अमेरिकाले नेपाललाई स्वतन्त्र राष्ट्रको मान्यता दिएको र सन् १९४८ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ वार्षिकोत्सवको अवसरमा डेनाली पर्वतारोहण अभियान बारे जानकारी गरको हो।

‘अमेरिका–नेपाल फ्रेण्डशीप टिम' नामक पर्वतारोहण अभियानको आगामी २ जुनबाट सुरु हुने पर्वतारोहण टोलीका लिडर कर्मा तेन्जिङ शेर्पाले कार्यक्रमार्फत् जानकारी दिए।

पर्वतारोहण अभियानको उद्देश्य क्यान्सरविरुद्ध जनचेताना जगाउने रहेको र यसको मुख्य नारा नै ‘क्यान्सरविरुद्ध आरोहण' राखिएको कर्मा तेन्जिङ शेर्पाले बताए।

कार्यक्रममा नेपालस्थित अमेरिकी दूतावासका जनसम्पर्क प्रमुख ग्यारेट ई. विल्करसनले आरोहण दललाई हिरक जयन्तीको झण्डा हस्तान्तरण गरेका हुन्।

हिरक जयन्तीको झण्डालाई डेनालीको चुचुरोमा लैजानुअघि सेभेन समिटका बोर्ड अफ् डिरेक्टर पासाङ फुर्बा शेर्पाले सगरमाथाको शिखरमा लैजाने छन् । उक्त आरोहणमा ७ जना नेपाली आरोही र एक अमेरिकी आरोहीको सहभागिता रहने छ ।

यसअघि सगरमाथाको आरोहण गरिसकेका मार्क परेल्ला र कर्मा तेन्जिङ शेर्पाको नेतृत्व रहेका छन् ।

आरोहण टिममा विश्वका १४ अग्ला हिमालको आरोहण गर्ने प्रथम दक्षिण एसियाली आरोही मिङ्मा शेर्पा, १४ हिमालको आरोहण गरेका विश्व कीर्तिमानी आरोही छाङ दावा शेर्पा, र सबैभन्दा कम उमेरमा १४ ओटै हिमाल आरोहण गरेका विश्व कीर्तिमानी आरोही मिङमा ग्याबु शेर्पा (मिङ्मा डेविड) सहभागी हुने छन् ।

त्यस्तै, व्यावसायिक पर्वतीय पथप्रदशक तथा ४ पटक सगरमाथा आरोहण गरेका आरोही कर्मा ग्याल्जे शेर्पा, १७ पटक सगरमाथा आरोहण गरेका जाङ्बु शेर्पा र ९ पटक सगरमाथा आरोही पासाङ दावा शेर्पा पनि आरोहण सहभागी रहेका छन् ।

Advertisement

Advertisement